सिरहा पुगेका डा.बाबुराम भट्टराईले यो संविधान असफल भयो, बिघटनमा पुग्यो भने ०४७ को संविधान लागू हुने खतरा छ भनेका छन् । राष्ट्रियता खतरामा छ भन्दै नेपाल प्रेस सोसाइटी सिरहाका सामु नयाँ शक्ति पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले भनेका छन्– नेपालीले आफ्नो स्वाधीनता, सार्वभौमसत्ता रक्षाका लागि हिमाल, पहाड र तराई मधेसका मधेसी, आदिवासी जनजाति र खस आर्य जातिलाई मिलाएर एउटै क्लस्टर बनाउनु पर्छ । जातीय परिभाषा गलत भएको छ, जातीय क्लस्टर बनाउने सोचले ठूलो समस्या ल्याइसक्यो । सबै जातिगत एकता जरुरी छ ।
संविधान असफल हुँदा प्रतिगमन हावी हुने खतरा देखियो, यसका लागि मधेसवादी दलहरु सतर्क हुनुपर्छ । डा.भट्टराई राजविराज जेलमा रहेका अरुण साहलाई भेटेर कार्यकर्ताहरुसँग पनि छलफल गर्दै निर्वाचनका लागि तैयार रहन भनेका थिए ।


