Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

कर्णाली कुर्लियो

२५ सोमबार , पौष २०७३९ बर्ष अगाडि

शक्तिको शक्तिशाली भनाई यस्तो छ : कर्णालीका जनता सिरानीमा सुन राखेर नुन खोज्न बाध्य भए ।
हो, शक्ति बस्नेतको भनाइ सयमा सय प्रतिशत सही हो । तर, प्रचण्ड दुईपटक र बाबुराम एकपटक प्रधानमन्त्री भएका हुन् । स्वयम् शक्ति बस्नेत गृहमन्त्री बनेकै हुन् । जनयुद्धमा सघाउने, साथ दिने कर्णालीका लागि तिनले के गरे त ?
दोष अरुलाई थुपार्न सकिन्छ, जनतालाई भ्रमजालमा पारेर जनयुद्धमा होम्न पनि सकिन्छ । अहिले
जनयुद्धका हाइकमाण्डर नै प्रधानमन्त्री छन्, सत्ता उनकै हातमा छ, कर्णालीलाई मर्दा वा सुत्केरी हुादा २० किलो चामल दिएर गिज्याउने ? कर्णालीमाथि यति ठूलो व्यङ्ग ? तिनै माओवादीले यसरी कर्णालीका जनता सिरानीमा सुन राखेर नुन खोज्न बाध्य भए भन्न सुहाउाछ ?
निश्चय पनि संघीयता सफलताप”र्वक कार्यान्वयन गरिए भोलि कर्णालीले काठमाडौंलाई समृद्धि बाड्न सक्छ । तर संघीयतालाई समस्या बनाउने, जनतालाई सडकमा उतार्न बाध्य पार्ने माओवादी नेतृत्व होइन ?
गत शनिबार अखिल(क्रान्तिकारी) डोल्पा–काठमाडौं सम्पर्क समितिद्वारा राजधानीमा आयोजित कार्यक्रममा शक्ति बस्नेतले कर्णालीमा प्राकृतिक स्रोत,जडिबुटी,पर्यटनको भण्डार भएको बताए । त्यो भण्डारको उपयोगिता गर्ने बुद्धि माओवादी पार्टीलाई दिन नसक्नु उनको नादानी हो कि होइन ? 
उनले लाजै पचाएर भने– कर्णाली प्रदेश राज्यसत्ताको आाखावाट उपेक्षामा परेको छ । त्यो उपेक्षा हटाउन उनले के गरे, उनको पार्टीले के गर्‍यो ? सहरकेन्द्रित विकासको क्षेत्रीय असन्तुलनको मारमा कर्णाली परेको दुखेसो गर्न सुहाउादैन शक्ति बस्नेतले । किनकि यसको जिम्मेवार उनको पार्टी, पार्टी नेता र उनी आफै पनि हुन् ।