Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

बल्ल दिल्लीले बोलायो

२५ सोमबार , पौष २०७३९ बर्ष अगाडि

 भारतकै निर्देशनमा नेपालमा चल्तीमा ल्याइएको हजार र ५ सय दरका नोटहरु ३ अर्वभन्दा बढी रहेको र ती नोट कागज हुने हो कि साटिने ? भन्ने अन्यौलका वीचमा बल्ल भारतको रिजर्भ वैंकले नेपाल राष्ट्र बेंकलाई वार्ताका लागि बोलाएको छ ।
    नेपालमा भारुको अभाव हटाउन १ अर्व भारु किन्न लागेकै बेलामा दिल्ली सरकारको निर्णय अनुसार भारतले नेपाललाई बैधानिक नोट साट्न सकिने संकेतका साथ वार्ता गर्न बोलाएको हो । नेपाल र नेपाली जनमानसमा रहेको बैधानिक हजार, ५ सयका नोट साटिने संकेत भारतले दिएको छ ।
    खुला सिमाना र व्यवहारका कारण नेपालीसँग भारु नोट संचितिमा रहेको हो । सम्बन्ध सामान्यीकरणकै लागि पनि भारतले बैध नोट साट्ने भएको हो ।