अव हुने कुनै पनि चुनावमा कांग्रेस हाफ हुन्छ, माओवादी साफा हुन्छ । यो उद्घोष एमाले नेता महेश बस्नेतले सुर्खेतबाट लगाएका हुन् । एमाले पार्टीले तय गरेको नारा लगाउन बाध्य छन्, एमाले नेताहरु । महेश बस्नेतले पनि सुर्खेत पुगेर त्यही नारा लगाए, जुन एमाले पार्टीले तय गरेको थियो ।
कुन पार्टीको कति मत आउने हो, साफ हुने हो कि हाफ हुने हो, त्यो त पीडित जनतालाई मात्र थाहा छ । जनताले गर्छ न्याय, कसलाई मत, कसलाई बेमौत मार्ने हो ? जनताको निर्णय जनताकै हातमा छ ।
भेरीगंगा नगरपालिकाको अधिवेशन उद्घाटन गर्न एमालेको खटनमा सुर्खेत पुगेका महेश बस्नेतले अध्यक्ष ओलीलाई समेत खुशपार्ने गरी नारा लगाए र भने– कुनै पनि तहको निर्वाचनमा एमालेको अत्यधिक बहुमत आउनेवाला छ । एमाले जनताको पार्टी हो, जनता एमालेको पक्षमा उभिन तैयार छन् । यही डरले सरकारले निर्वाचन तिथि घोषणा गर्नै सकेको छैन । डराएर ।
नेता महेश बस्नेतकै शव्दमा ‘अब हेर्नुस्, कांग्रेस हाफ हुन्छ र माओवादी साफ हुन्छ । निर्वाचनमा एमालेलाई अत्यधिक मत ल्याएर जिताउन युवा संघ आजैबाट चुनावमा होमियो ।’
अवको चुनावको एजेन्डा विकास निर्माणको हुनेछ । राजनीतिक दलहरु आर्थिक विकासमा प्रतिवद्ध छन् भने न्यूनतम विन्दुमा सहमति र सहकार्य गर्न तैयार हुनैपर्छ । बस्नेतले प्रधानमन्त्रीमाथि टण्ट मार्न बिर्सेनन्– भनिहाले– अब राजनीतिक गफले देश बन्दैन । प्रधानमन्त्री प्रचण्ड क्रिसमस डे मनाउन ढाका टोपी लगाउाछन् । राष्ट्रिय पोशाक लगाएर अन्तर्राष्ष्टि्रय सम्मेलनमा जान सक्दैनन् । उनैले फेरि जातीय पहिचानको कुरा गरेर भाषण पनि दिन्छन् ।
राजनीतिक परिवर्तनको समय सकियो, अव आर्थिक परिवर्तनको खााचो छ । एमाले देशलाई आर्थिक रुपमा समृद्ध बनाउन शोषण, दमन र उत्पीडनमा परेका नागरिकका सवालमा राजनीतिक केन्द्रित गरेर अघि बढ्नेछ । उनले राजनीति जटिल मोडतिर लागेको छ, एमाले सकभर सम्भाल्ने प्रयासमा छ । एमाले कुनै हालतमा बिखण्डनको दिशातिर मुलुकलाई लान दिदैन । कांग्रेस र माओवादी नक्कली सुन हुन्, एमाले २४ क्यारेटको सक्कली सुन हो । जनताले बुझिसकेका छन् । एमाले नेता महेश बस्नेतले भन्नै पदैृन, कुन पार्टी कति क्यारेट सुनजस्तो हो कि पित्तलजस्तो । जनताले सबै दलको ओजन मापन गरिसकेका छन् । जनतालाई जति नेताहरुका बारेमा अरुलाई के थाहा होला र ? जनता हस्तक्षेप गर्ने मूडमा छन्, हस्तक्षेप गरे भने नेता कहाा पुग्लान् ?


