Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

सुजाताको सुझाव कसले सुन्ला ?

२५ सोमबार , पौष २०७३९ बर्ष अगाडि

केही दिन अघिमात्र म अव स्वस्थ भएा, मलाई क्यान्सर निको भयो भनैकी सुजाता कोइराला अव राजनीतिक मञ्चमा उत्रन थालेकी छिन् । उनले भााडभैलो राजनीति सुधार्न सुझाव पनि दिन थालेको सुनियो ।
पुस २३ गते गिरिजाप्रसाद कोइराला फाउण्डेशनमा पुगेर कांग्रेसनेतृ सुजाता कोइरालाले आफ”लाई स्वस्थ भएको देखाइन् र सुझाव दिइन्– सहमति, सहकार्य र एकताको राजनीतिलाई त्याग्दा देशमा राजनीतिक संकट बढेको वताएकी हो । वर्तमान संक्रमणको अन्त्यका लागि सहमति र सहकार्यको बिकल्प नै छैन । प्रमुख दलहरुबीच सहमति गरेर मात्रै निकास निस्कन सक्छ । सहमतिको आवश्यकता वर्तमान स्थितिमा झन बढेको छ । राज्यकोषबाट ५० लाख लिएर क्यान्सरको उपचारमा लागेकी नेतृ सुजाता कोइराला लामो समयसम्म चुपचाप थिइन् । राज्यकोषको पैसा लिएकामा उनको जनस्तरबाटै व्यापक बिरोध पनि भएको थियो । अव उनी राजनीतिक मैदानमा फर्केकी छिन् । यद्यपि उनको राजनीति चुनाव हारेपछि गिरिजापुत्रीका रुपमा मात्र कांग्रेसभित्र उनको नाम सिमित भइसकेको छ । उनको चल्तीफर्ती शुन्य देखिन्छ ।