संविधान संशोधन घातक छ, एक देशलाई दुई देश बनाउने षडयन्त्रको कडी हो यो भन्दै दुराशय देखाएका छन् एमाले अध्यक्ष केपी ओलीले । तराई र पहाड बिभाजित गर्नुका ९ कारण छन् भन्दै ओलीले भनेका छन्– ’नेकपा (एमाले) लगायत संविधान निर्माणमा मुख्य भूमिका निर्वाह गरेका दललाई निषेध गर्दै अगाडि सारिएको संशोधन विधेयकले राजनीतिक ध्रुवीकरण सिर्जना गरेको छ । यो संशोधनको औचित्य के ? हाम्रो अझै प्रश्न छ ।’
निर्वाचन अनिश्चित : २०७४ माघ ७ गतेभित्र तीनै तहका
े निर्वाचन सम्पन्न गर्न सम्पूर्ण प्रयास केन्ऽित गर्नुपर्ने बेला सुरु भएको असान्दर्भिक संशोधन प्रयासले निर्वाचनलाई अनिश्चित बनाएको छ ।
संविधानको उल्लंघन : संविधानको धारा २७४ (४) र २९६ को किटानी व्यवस्थालाई उल्लंघन गर्दै अगाडि सारिएको प्रस्तावले संविधानको ठाडो उल्लंघनन गरेको छ ।
अदालतको अवज्ञा : संशोधन प्रस्तावले सर्वोच्च अदालतको आदेशलाई समेत अवज्ञा गरेको छ ।
दुई राष्ट्रियताको मान्यता स्थापित गर्ने दुराशय : मिलेर बसेको नेपाली समाजमा विभिन्न नाममा विद्वेष ल्याउने र किस्ता–किस्तामा तराई र पहाड–हिमाललाई विभाजित गरेर तथाकथित ‘दुई राष्ट्रियता’ को मान्यता स्थापित गर्ने दुरासय लुकेको उल्लेख छ ।
मातृभाषालाई घात : बहुसंख्यक जनताले बोल्ने मातृभाषाहरू मात्रै सरकारी कामकाजका भाषा बन्न सक्ने स्पष्ट संवैधानिक व्यवस्थालाई लत्याएर छद्म ढंगले मातृभाषाहरूलाई घात गर्न खोजिएको छ ।
राष्ट्रिय सभाबारे : राष्ट्रियसभाको संरचना परिवर्तनको प्रयास हानिकारक छ । किनभने, यसले प्रदेशहरूको सन्तुलन र न्यायोचित प्रतिनिधित्वलाई कमजोर पार्छ । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट कम्तिमा तीन जना महिला, एक जना दलित र एक जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक सहित आठ जना गरी ५६ जना निर्वार्िचत हुने व्यवस्था रहेकोमा हेरफेर गर्न खोजिएको छ ।
नागरिकता सम्बन्धमा : नागरिकतासम्बन्धी प्रावधान पनि अनुचित र असान्दर्भिक रहेको बताएका छ ।
संशोधनको विपक्षमा थप तर्क : प्रक्रिया, अन्तरवस्तु र परिणाम सबै हिसाबले संशोधन विधेयक गलत छ । निर्वाचनलाई अन्यौल र अनिश्चयमा धकेलेर संविधान संशोधनका नाममा गरिने कुनै पनि जनविरोधी र देशघाती काम स्वीकार्य हुन सक्दैन ।


