कांग्रेस, मधेसी मोर्चा र माओवादी मिलेर जसरी पनि संविधान संशोधन गर्ने निधोमा पुगेपछि संसदमा पेश भइसकेको महाभियोग प्रस्ताव पनि निर्णयमा पुग्ने निश्चित भएको छ । संशोधन प्रस्ताव पास वा फेल जे भए पनि प्रक्रिया अघि बढ्नासाथ भोलि वा पर्सी नै निर्वाचनको घोषणा हुनेछ र यसको लगत्तै महाभियोग प्रस्तावको छिनोफानो हुने बताइन्छ । निलम्बित अख्तियारका प्रमुख आयुक्तले भनिसकेका छन्, नेताहरुलाई बस्त्रहीन पारिदिन्छ । त्यो क्षण आउन लाग्यो है ।


