उपेन्द्र प्रेमी-
१. कास्कीतिर जन्मेर चितवन हुादै रोल्पा प्यूठानबाट उठ्दै दिल्ली आरोहणबाट नेपालको सत्ताशिखर चढ्न सफल बनेका स्वयंघोषित क्रान्तिकारी योद्धा नेता हिजोआज दोस्रोपटक नेपाल सरकारका प्रमुख ओहदामा आसीन छन् । महारथी भीमसेन थापाको उत्तराधिकारको क्रममा यसपटक विगत पााच महिनादेखि उनी नेपाल राष्ट्रको उनन्चालिसौं प्रधानमन्त्ती हुन् ।
२. जबर्दस्त क्रुद्ध, क्षुव्ध रुष्ठ र असन्तुष्ट भएर पनि प्रचण्ड आफु अत्यन्त भावुक, लचक, स्निग्ध शिष्ट रहेको बताउाछन् । हतारिएर पदारोहण गर्नु र हतारिएरै पद निवृत्त भैहाल्नु उनको सत्त स्वभाव झल्कन्छ । कालक्रमले देखाए अनुरुप उनी एकैपटक एउटै स्थितिलाईथरिथरि दृश्यमा देखाउन सक्छन् । हिजो के बोलियो के गरियो, त्योभोलि बिर्सने र पर्सिपल्ट त्यसकोअर्कै दर्शन एवम् दृष्टिकोण राखेर आफ्नै वचनको बञ्चन गर्नेप्रपञ् नै प्रचण्ड राजनीतिको सैद्धान्तिक तथा शास्त्रीय सार हो भनेर पनि कतिपय बुज्रुकहरु विवेचना गर्छन् ।
३. नेपालको दोस्रोपटक जब साउनको अन्त्यितिर फेरि प्रधानमन्त्री भए, नेपालीहरुले अव त उनले केही दिगो भरपर्दो र देखुलाग्द्यो, कुनैगतिलो काम गर्लान् कि भन्ने सोचेका हुन् । पहिलोपटक रणबहादुर कष्ह र भीमसेन थापाको इतिहास जति नबुझेका एवम् नेपाली मूल मान्यता र गरिमालाई भुलेर अल्मलिएका उनले अब आफुलाई करेक्शन गरेर अरुको डाइरेक्शनमा नभई नेपाली इन्टन्सनमा काम गर्लान् भन्ने पनि कतिपय बुझक्कडहरुको बुझाइ थियो । तर नेपाल र नेपालीले राखेको त्यो सोच, त्यो समझ फेरि पनि बृथा र मिथ्या हुादै जाादो देखिन्छ । मान्छेहरु नानीदेखिको बानी जाादैन भन्छन् । अनि साउनमा आाखा फुटेको गोरुले साधै हरियै मात्र देख्ने पनि भन्दछन् । परिबन्दले आधुनिक नेपालका लालनायक प्रचण्डमा पनि त्यस्तै अहरित वा पीतदृष्टि रहेको यतिखेर धेरैको उही उस्तै अनुभूति छ ।
४. दोस्रो पटक नौ महिनाको अल्पविधिलाई क्यालेण्डरमा झुण्ड्याएर प्रधानमन्त्री बनेका प्रचण्ड आफ्ना विछट्ट किसिमका कार्य योजना र घोषित कर्म प्रक्रियाबाट निरन्तर विचलित बन्दै पुन: पतनोन्मुख पथमा भेटिन्छन् । निर्धारित र घोषित ओहदा अवधिको उत्तराद्र्धकाल (४ महिना बााकी) मा आइपुग्दा नै उनी लगभग लडखडाएको, हड्बढाएको र गडबढको अवस्थामा आइपुगेको धेरैको धारणा छ । ओलीसाग बोली मिलाउन जति सजिलो थियो । अहिले देउवा बादल, बैद्य, नारायणकाजी र टोपबहादुरहरुसाग हिमचिम बढाउन उनलाई निकै कठिन भइरहेछ । संसदीय व्यवस्था बुर्जुवा प्रणाली हो, यो हाम्रो बाटो होइन, प्रचण्ड पटक पटक भन्दछन् । बुझ्ने, बुझ बुझारथ गर्ने चतुर बाबुरामहरु माक्र्सवादका थोत्रा पुराना पोथ्रा पल्टाएर हुादैन भनेर नयाा शक्ति सञ्चयतर्फ लागिसके । अनि बैद्य र विप्लवहरुले खुलस्त जनवादिता र सशस्त्र बर्ग संघर्षको सपना नै बोकी राखे । तर सबै सबैका फ्यूजन बनेका प्रचण्ड भने न बिपनामा बोलेका हुन्, न सपनामा बर्बराएका हुन् स्पष्ट ठेगान छैन । फलत: फेरि पनि ६ महिनाकै आसपासमा आएर प्रचण्डको पदीय पुनरावृत्तिको यो खण्ड पनि कहालीलाग्दो खरीखण्डे भीरको छेउ भागमा ठिंग उभिएको झैं प्रतीत हुन्छ । यतिखेर धेरैको अनुमानछ– खब प्रचण्ड राज यसप्रकार धेरै लम्बिदैन, प्रचण्डको शीघ्र पतन सुनिश्चित छ ।
‘प्रचण्ड पतन’को कारण के हो ? जिज्ञासुहरु अनुमानकारीहरुसाग प्रश्न गर्दछन् । एउटा सिंगोपथका अधिनायक त्यत्रो क्रान्तिका योद्धा र आफुलाई विश्वकै दुर्दान्त नेता तथा दृष्टान्त ठान्ने प्रचण्ड आफ्न्र सानो परिसर भित्र किन अच्यूत अजेय र कुशाग्र शन्न सकेनन् ? यसमा पनि धेरैले उत्तरको अपेक्षा गरेका छन् । प्रस्तुत प्रसंगमा विवेचकहरु स्पष्ट विवेचना छ कि ‘क्रम भंगता’लाई नेपाली माओवादी पार्टिको मूल सिद्धान्त झैं मान्दछन् उनी । तर क्रमभंगताभन्दा मूल मान्यता, निरन्तरता, क्रमागत निष्ठता र नेपाली समाज विधि प्रकृति र प्रक्रियागत सुव्यवस्था नै नेपाली मनोकांक्षा हो भन्ने कुरालाई उनी घरी घरी भुल्दछन् । त्यस्तो ‘भंगीकरण’ नै प्रचण्डको पतनोन्मुखी जंगी कारण हो ।
अखण्ड, अकन्टक, श्रेष्ठ शीर्षस्थ नेता भनी मान्ने प्रचण्ड जस्ता पात्रले नेपालजस्तो क्रमागत, संस्कृतिजन्य सामाञ्जस्ययुक्त समाज प्रकृति, विधि र स्थिति रहेको राष्ट्रको स्वभावशील शैली िशल्प एवम् पद्धतिको अनुशरण गर्नुपर्ने हो । हिमाल, पहाड र समथर मधेसलाई त्रिवेणी बनाएर तिनैथरिको संयोजनबाट बनेको हाम्रो आफ्नै संस्कार संस्कृति, राज्यविधि प्रकृति तथा प्रविधिको जगर्ना गर्नुपर्ने हो तर टाउको बोकको र शरीर कुकुरको गाासेर जसप्रकारको विश्रखलित वा विकृत संयोजन हुादैछ र त्यसैलाई उत्कर्षको सर्वश्रेष्ठ
‘क्रमभंग’ भनेर भनिदैछ, त्यस्तो विचित्र ढंगले नै प्रचण्डको आत्मभंग हुादै गइरहेको देखिन्छ । सतत: सत्कर्मको अनुशीलन नै श्रेष्ठतम चरित्रको कर्तव्य हो भन्ने गीता ज्ञान नभएसम्म प्रचण्डको शिखर पथको भर पत्यार नगरे पनि हुन्छ भन्ने नै विज्ञ विश्लेषकहरुको ठहर निस्कन्छ ।


