Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

पूर्वराजाले बोल्न पनि नपाउने ?

११ सोमबार , पौष २०७३९ बर्ष अगाडि

    न्यायका, मानवाधिकारका, राष्ट्रिय हक र हितका र विदेशी हस्तक्षेपका विरुद्ध सधैं आवाज बुलन्द गर्दै आएका फणिन्द्र नेपालले यसपटक प्रश्न गरेका छन्– पूर्वराजा ज्ञानेन्द्र र पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको नागरिक हैसियत एकै खालको हो, एउटाले बोल्न पाउने र अर्कोले बोल्नै पाउँदैनस् भन्नु सरासर प्राकृतिक न्यायको बर्खिलाप छ, बोल्ने पाइदैन भन्ने यी को हुन् ? भनेर प्रश्न उठाएका छन् ।
    फणिन्द्र नेपाल भन्छन्– पूर्वराजा ज्ञानेन्ऽ र पूर्व प्रधान मन्त्री बाबुराम भट्टराई दुबैको नेपाली नागरिकताको हैसियत समान छ । तर यी दुईबीच प्रवृत्तिमा ठूलो असमानता छ, बाबुराम भारतपरस्त भनेर बदनाम छन् भने ज्ञानेन्ऽ कट्टर नेपालवादी । त्यस्तै बाबुरामका परम मित्र नेपाल विखण्डन गर्ने दु:स्वप्न देख्ने सी.के. राउत हुन् भने ज्ञानेन्ऽका आत्मीयजन भनेका राष्ट्रवादी नेपाली हुन् । ज्ञानेन्ऽ शाहलाई नेपाल र नेपालीको चिन्ता गर्ने अधिकार बाबुरामलाई भन्दा कुनै मानेमा पनि कम छैन । ज्ञानेन्द्रको वक्तव्यको जवाफमा बाबुरामले पनि वक्तव्यबाजी गरे उनको वैचारिक स्तर नाप्ने अवसर पनि पाइन्थ्यो । आँट भए बाबुरामले रंजित रेलाई तह लगाउने गरी जुलुस निकाले हुन्छ नि । के ज्ञानेन्द्रले राजाको हैसियतमा रहेर वक्तव्य निकालेका हुन् ? नागरिकले देशको चिन्ता र चासो पनि गर्न नपाइने ? सवाल पूर्वराजाको होइन, नागरिक सर्वोच्चता र स्वतन्त्रताको हो ।
    यता प्रधानमन्त्री पुष्पकमल दाहाल पूर्वराजालाई चुप लागेर बस्नु, बढी बोले अझ बढी दु:ख दिन्छु भन्ने अभिव्यक्ति दिइरहेका छन् । पुष्पकमल दाहाललाई दण्डदिने अधिकार कुन कानुन र कुन जनमतले दिएछ कुन्नी ?