Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

संविधान असफल पार्ने चेतावनी

११ सोमबार , पौष २०७३९ बर्ष अगाडि

वाशुदेव वाग्ले-
    संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन हुन्न भने संविधान खारेज गरिन्छ भन्ने धम्की दिएका छन् । त्यसै पनि संविधान एकल जातीय छ, केही सिमित व्यक्तिले संविधान बनाएका हुन्, यसमा सुधार र संशोधन हुन्न भने यस्तो संविधान खारेज गरिन्छ, खारेज हुन्छ ।
मधेसी जनजाति लगायत समग्र उत्पीडित समुदायको हित हाम्रो सरोकार हो । वर्तमान संविधान मुलुकको हितमा छैन, स्वीकार गर्न सकिन्न ।
विभेदकारी भएकै कारण ७ ओटा संविधान खारेज भइसके, संशोधन गरिएन भने यो पनि खारेज हुन्छ हुन्छ ।
यो संविधान विभेदकारी छ, यो हामीलेमात्र होइन, विश्व समुदायले भनेको हो, संविधान त्रुटिपूर्ण छ, सच्याउनुपर्छ । सबैलाई मान्य हुनेरगरी र सर्वस्वीकार्य हुनेगरी संविधानको संशोधन गर्नुको विकल्प छैन । हरेक वर्ग, जाति, समुदायको माग संवोधन गर्न ठूला तीन दल गम्भीर छन् भने सबैलाई मान्य हुनेगरी संविधान संशोधन गर्नुपर्छ, अन्यथा खारेज गरिन्छ ।
    उपेन्द्र यादवले एमालेको आन्दोलन जातीय सदभाव बिथोल्न लागेको छ, ५ नम्बर क्षेत्रको एमाले आन्दोलन प्रायोजित हो, यही उद्देश्यप्रेरित छ । यादवको आरोप छ– ‘मधेशको शान्तिपूर्ण प्रदर्शन अन्धाधुन्ध गोली हानी सर्वसाधारण जनताको हत्या गर्ने प्रहरी प्रशासनले कृतिम आन्दोलनमा उल्टै सहयोग गरिरहेको छ ।