Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

प्रकाश कोइरालाको सुझाव

११ सोमबार , पौष २०७३९ बर्ष अगाडि

हुन त राजावादमा लागेको कारण छायाामा परेका प्रकाश कोइरालाको कुरा सुन्न कांग्रेसका नेताहरु तैयार छैनन् तर पनि नेपाली कांग्रेसभित्र वीपीवादी कांग्रेसीको कमी छैन । स्वयम् खुमबहादुर खड्का वीपीवादी बनेर निस्किएका छन् र यो धारले हिन्दूराष्ट्र पुनस्र्थापित गराएरै छाड्न महाभियान सञ्चालन गरिरहेको छ ।
यतिमात्र होइन, पूर्वराजालाई भेटेर खुमबहादुर खड्काले राजतन्त्र र हिन्दूराष्ट्र जगाएरै छाड्ने बताइसकेका छन् । र, वामदेवजस्ता एमाले नेताहरु चित्रबहादुर केसीजस्ता नेताहरुसाग लोलीमा लोली मिलाएर भनिरहेका छन्– संघीयता स्वीकार गरेर ठूलै गल्ती भएछ । संघीयताले राष्ट्र बिखण्डनमा जानेभयो ।
यति नै बेला प्रकाश कोइरालाले भनेका छन्– गणतन्त्र, संघियता र धर्म निरिपेक्षलाई नत्यागे कांग्रेस समाप्त हुन्छ । कम्युनिष्टले टिप्पा दिएर अघि बढ्ने अवसर पाउाछ ।
प्रकाश कोइराला भन्छन्– सबै नेताहरुलाई थाह छ नयाा संबिधान लागु हुनै सक्दैन जति ताली संसोधन गरे पनि केही हुनेवाला छैन । उनीहरु आफ्नु गल्ति स्वीकार गरेर यसलाई सुधार्ने चाहिरहेका छैनन् । राजनीतिक निकास, एकता र राष्ट्रिय समस्याको समाधानको मिलन बिन्दु भनेकै हिन्दु राष्ट्र सहितको संबैधानिक राजतन्त्र हो । विदेशीले लादेको व्यवस्थाले राष्ट्रिय अस्तित्व जोगाउादैन, कांग्रेस नेतृत्वले बुझ्नैपर्छ ।