महन्थ ठाकुर राष्ट्र र राष्ट्रपतिका सामु मधेसी राज्यसाग थिएन, अव मधेस पनि रहन्न भनेर कुर्ली कुर्ली बोलिरहेका छन् । उनले मंसिर २७ गते कान्तिपुर टीभीबाट पनि यही रफ्तारमा बुर्कुसी मारे । लाग्छ, उनको असली मनसाय मधेसलाई नयाा देश बनाउने छ ।
हुन त २ वर्ष अ
घि नै महन्थले अन्तर्वार्ता दिदै भनेका थिए– मधेस नयाा देश हो । अव एक नेपाल रहन्न । मधेसको हक अधिकारका नाममा महन्थ नेपाललाई टुक्रा पार्न खोजिरहेका छन् । यथार्थमा महन्थ, राजेन्द्र, शुक्ला र त्रिपाठीहरु भारतबाट नेपालमा काम गर्न पसेकाका सन्तान हुन् । यिनलाई यति शक्ति, यति हिम्मत भारतले दिएको हो र यिनीहरु हक होइन, लेण्डुप बनेर नेपाल टुक्य्राउन खोजिरहेका छन् । कान्तिपुरको फायर साइडको करामतको निष्कर्ष पनि यही नै हो । तर यिनकै प्रचार व्यापक बन्दै गएको छ ।
इतिहासको एउटा उदाहरण यस्तो छ– देशभित्र बाहिर बसेर आफ्नो मुलुकमाथि आक्रमण गर्ने, र शत्रु पक्षलाई सहयोग गर्ने गुप्त राष्ट्रध्वंसीहरु हिट्लरका सेना (नाजीहरु) ले सन् १९३०–४० मा अस्ट्रिया, चेकोस्लोभाकिया, पोल्याण्ड, वाल्टिक मुलुकहरु, डेनमार्क, नर्वे, नेदरल्याण्ड, स्विट्जरल्याण्डभित्र तयार गरेका थिए । यिनै पञ्चमाङ्गीका सहयोगका कारण उक्त देशका राष्ट्रिय सेनाले जर्मनी (नाजीसैन्य) सामु आत्मसमर्पण गर्न‘परेको थियो । इतिहास किन पढ्दैनन् नेताहरु ?


