Advertisement Banner
Advertisement Banner

०९ मंगलबार, मंसिर २०८३23rd November 2026, 12:23:53 am

Image

द्वन्द्वतिर उन्मुख भयो मुलुक

शाश्वत शर्मा

०९ मंगलबार , मंसिर २०८३१३ घण्टा अगाडि

मुलुक अहिले प्रधानमन्त्री बालेन्द शाहको भारत भ्रमण को लेखा जोखा गर्न ब्यस्त छ । मानौ यो भारत भ्रमण नै हो सम्पुर्ण  – निकास । अधिकांस प्रतिपक्षीहरू यो भ्रमण असफल भयो भन्नेमा केन्दृत छन् भने  बुज्रुकहरू चै सुरूवात राम्रो  भन्दैछन् । भारतलाई रिझाउन सकियो भने मात्र  नेपाल र नेपालीहरूको कल्याण हुने हो ? पक्कै होइन । समस्या बर्तमान संविधानमा छ । पार्टी नेताहरूको देशभक्तिमा छ । जबसम्म परम्परागत शक्तिलाई साथ लिएर अगाडि बढ्न सकिन्न तबसम्म देशमा यस्ता संशय रहन्छ । हिजो ०६२–६३ सालमा संयुक्त भएर राजतन्त्र र हिन्दूधर्म समाप्त पार्नका लागि जसले यिनलाई (कथित चार प्रमखु दललाई) ‘एकजुट’ गराइदिएको थियो, त्यही ‘शक्ति’ अव रा स्व पालाई साथमा लिने प्रयासमा छ । रास्वपाभित्र फाटो आयो भने मुलुक द्वन्द्वतिर गयो, गयो । राजतन्त्र र हिन्दूधर्मलाई (अवैधानिक रूपमा) समाप्त पारिसकेपछि ‘अज्ञातशक्ति’को ‘पञ्जा’ (हाथ) मा बन्दी बन्न पुगेकाहरू बेलगाम थिए, तिनलाई ठेगान लगाउन गत बर्ष भदौ २३÷२४ मा जेनजी र जनताले विद्रोह गर्नुप¥यो । त्यसपछि यो जेनजी सरकार आएको हो । यो ऐतिहासिक जनादेश पाएको सरकारलाई साथमा लिन र हत्केलामा नचाउन सकिन्छ कि भन्ने प्रयासमा क्षिमेकी लागेका छन् । निश्चित कुरो के हो भने भोटेकोशीको बाढी नगएको भए प्रम बालेन साह यसरी विदेश भ्रमणमा जाँदैनथिए । प्रम बालेन साह भारत भ्रमणमा गए, उनका १० एजेण्डा छन्, उनी भारतसँग झुक्ने होइन, समानताका आधारमा व्यवहार खोज्न गएका हुन् । हो, भारत छिमेकी हो, छिमेकीको भर र विश्वास चाहिन्छ, त्यही खोज्न प्रम बालेन साह भारत भ्रमणमा छन् । भारतले के कति सघाउँछ, के कस्तो व्यवहार देखाउने हो, त्यसैमा नेपाल भारत सम्बन्धको नयाँ श्रृङ्खला सुरू हुनेछ ।
प्रतिपक्षीहरू आफूसँग सुझाव लिइएन भनेर बरबराहठ गरिरहेका छन् । सुझाव त प्रम बालेनले राष्ट्रपतिसँग पनि लिएनन् । भारत भ्रमणबाट फर्केपछि उनले देशलाई जानकारी दिनेछन्, नेपाल भारतका वीचमा रहेका सीमादेखि हस्तक्षेपसम्मका समस्याहरूको निदान दुबै देश मिलेर सच्याउन, सुधार्न र समाधान गर्न उनलाई के कस्तो सफलता हासिल हुनपुग्यो । त्यसपछि प्रम बालेनको मूल्याङ्कन होला ?
प्रतिपक्षीहरू स्थिर सरकारलाई असफल पार्न र अराजकता सिर्जना गर्न आन्दोलनको आँधीबेहरी ल्याउने भनिरहेका छन् । यहाँसम्म कि निर्वाचन आयोगले स्थानीय र प्रदेशको निर्वाचनको विषयमा छलफल गर्न बोलाउँदासमेत सरकारले पहिले बोलोस् भनेर फर्केका छन् । चुनाव हुनुपर्छ, होस् भन्नसमेत सकेनन् । जसरी पनि बालेन सरकारलाई अन्यौल र अनिश्चिततामा धकेलेर राष्ट्रलाई अराजकतामा होम्ने प्रयासमा पुराना दलहरू लागेको देखिन्छ । बहुदल असफल भयो, लोकतन्त्र पनि लुटतन्त्रमा बदनाम हुनपुग्यो । प्रतिपक्षीहरू जो चार दशकदेखि शासनसत्तामा थिए, उनीहरू अझै संविधान, लोकतन्त्र भनिरहेका छन् । यथार्थ कुरो के हो भने आजको दिनसम्म मुलुकले कुन शासन प्रणाली अँगाल्ने हो ? भन्ने नै निक्र्यौल भएन ।  भारत चीन अमेरिका र पश्चिमाहरू सहयोगी हुदैमा अनिस्चितता समाप्त हुने होइन । समस्या  द्वेषपूर्ण रूपमा जारी गरिएको सम्बिधानमा छ । अघि भारू बाँडेर, माओवादी आतंकलाई स्वीकारेर, तोडफोड, आगजनी, हिंसा, हत्या आदि विकृतिहरूको साथ लिएर गणतन्त्र त स्थापना गरियो त्यसपछि...‘मतलव’ पूरा भएपछि पुराना  (कथित चारदल)का नेताहरूका विदेशी ‘मालिकहरूले सर्लक्कसँग ‘हाथ’ झिकिदिँदा यिनीहरू पाहा पछारिएझैं पछारिन पुगे । जनता बलवान भएका दिन, जनविरोधीको कुन हालत हुन्छ भन्ने विषय यिनीहरूलाई हेर्दा देखिन्छ । हिजोका शासकहरू, लुटेराहरू, भ्रष्टहरू आज राजनीतिक परिदृश्यमा दिशाहीन भएका छन् । यिनीहरूसँग न टेक्ने माटो छ, न समाउने हाँगो ? रानु बिनाका माहुरीजसरी भुनभुनाईरहेका छन् यिनीहरू । थाहा छ यिनलाई कि यिनको गन्तव्य र उद्देश्य भनेको ‘ विदेशीका सामु लम्पसार परेर सघीय गणतन्त्र र धर्मनिरपेक्षता’ मा उभिनु हो । जुन कुरा आमनेपालीलले नामञ्जुर गरिसकेका छन् । यिनका मालिकहरूले यही दुई एजेन्डा पूरा गराउन यिनीहरूलाई हतियारको रूपमा प्रयोग गरेका थिए, यिनमा खिया लागिसक्यो ।
छटपटीमा परेका यिनीहरूवीच गणतन्त्र र धर्म निरपेक्षतामा कुरा मिल्न छाडेको देखिदै छ । स्पष्ट छ, यिनका विदेशी मालिकहरूको उद्देश्य यिनलाई नेपाली स्वाधीनता र सार्वभौमिकता बलियो पार्न मद्दत गर्नु हुँदैहोइन । विदेशी ताकतको उद्देश्य यहाँ लठभद्रको स्थिति बहाल गरिराख्नु नै हो । यहाँ अस्थिर राजनीति र एकापसमा काटामारको अवस्था सिर्जना गरिदिई राखे यहाँका सम्पूर्ण ‘स्रोत’हरूको निरन्तर दोहन गरिराख्न पाइने र भूराजनीतिमा खेल्ने अवसर मिल्ने भएकाले तिनले यी राजनीतिक ठूला नेताहरूलाई विवादमा फसाइरहेका थिए । अब त्यो स्थिति रहेन ।
जनताले सावधानी अपनाए, नया दल रास्वपाबाट आश गरिदैछ । ८ महिने बालेन सरकारले स्थिति सुधार्न सफल होला कि नहोला ? जिज्ञासा बढेको छ ।
बालेन सरकारले प्रतिषोध, निषेध र विभेदमा होइन, सबे  राजनीतिक शक्तिहरूसँग संवाद, सहमति र सहकार्य गरेर अघि बढ्ने राजनीतिक चरित्र देखाउनुपर्छ । यही मार्गबाट देशको सुरक्षा, रास्वपाको ख्याति र देशले अभिभावकत्व पनि पाउनेछ । परम्परागत शक्तिलाई शिरमा राखेर चले बालेन ऐतिहासिक बन्नसक्नेछन् .