पढ्न भनेर जापान पुगेका युवतीहरुको पासपोर्ट खोसेर राख्ने र तिनीहरुको यौन शोषण गर्ने गरेका घटना सार्वजनिक भएका छन् । समाचारअनुसार नेपाली दलाल तथा शैक्षिक परामर्शदाता कम्पनीसागको मिलेमतोमा जापान सरकारले प्रदान गर्ने जाइरयूउ कार्ड, बीमा कार्ड समेत स्कूलले खोसेर राखेको खबर आएको छ ।
खबर छ– जापानको ओकिनावा टापुमा अध्ययनरत नेपाली युवतीहरू यसरी पीडित बनेका हुन् । भाषा विद्यालयमा पढ्न आएका विद्धार्थी विभिन्न बाहानामा भाग्न थालेको भन्दै कागजपत्र लिएको स्कूलहरूले बताएका छन् । यो कार्य मानवअधिकारको चरम उल्लंघन हो भन्दै जापानी पत्रिकामा लेखिएको छ– ‘निजी जीवनसाग सम्बन्धित जाइरयूउ तथा बीमा कार्ड विद्यालयले नियन्त्रणमा लिनू गैरकानी हो । नेपाली दलाल तथा परामर्शदाता कम्पनीकै सल्लाहमा बाध्य भएर विद्यालयहरूले यस्तो कदम चालेको बताएका छन् ।’ स्थानीय संरक्षक नेपाली दूतावास यो सब तमासा हेरिरहेको छ ।
अध्ययनका लागि आएका २ हजारभन्दा बढी नेपाली ओकिनावामा बसोबास गर्छन् । यी मध्ये धेरैजसो युवती छन् । उनीहरूमध्ये अधिकांशका कागजपत्र आफूसाग छैनन् । युवतीमाथि यौन शोषण बढ्दै गएको छ । पत्रिकाका अनुसार जापानी भाषा कमजोर रहेका एवं थौरै पैसा भएकाहरू ओकिनावामा अझ पीडित छन् । नयाा आएका नेपाली युवतीहरूलाई काम लगाए बापत पैसा माग्ने र पैसा नभएको थाहा पाए यौन सम्पर्कका लागि प्रस्ताव राख्ने, जबरजस्ती गर्ने गरेको खुलेको छ । दूतावास वास्ता गर्दैन ।
‘सो क्षेत्रमा रहेका कम्पनी तथा काम दिलाउने कम्पनीहरूले समेत यौन शोषण गर्ने गरेका छन् । यो बाहेक नेपाली विद्धार्थीको हकमा जापान सरकारले निर्धारण गरेको २८ घन्टाभन्दा बढी काममा लगाउने, प्रतिघन्टाको पैसा पनि अन्यको तुलनामा थोरै दिने गरेका छन् ।’ पत्रिकाले भनेको छ । ओकिनावा क्षेत्रमा रहेका नेपालीहरू तरकारी काट्ने, खेतीपाती, माछामासु काट्ने जस्ता सबैभन्दा तल्लो स्तरका काममा रोजगारीमा छन् । केही नेपाली युवती अवैध डान्सबार तथा रेष्टुराामा समेत काम गर्दै आएका छन् ।
कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालसमेत दलालसाग मिलेको आरोप छ ।


