Advertisement Banner
Advertisement Banner

१८ मंगलबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

प्रचण्ड र केपी ओलीका ती दिन

१८ मंगलबार , कार्तिक २०८३२ घण्टा अगाडि

प्रचण्ड र केपी ओलीका ती दिन

नेपाली राजनीतिको वर्णपटमा प्रचण्ड र केपी ओलीले गर्नु लीला गरेका थिए । एउटै जहाजका दुई पाइलटमात्र बनेनन्, मर्दा सँगै मर्नेसम्मका वाचा गरेर पनि नेपाली राजनीतिलाई हास्यरसको घूलन गराएका थिए । जब जेनजी पुस्ताले आन्दोलन र आन्दोलनलाई बिद्रोह बनाइदिए, त्यतिबेला प्रधानमन्त्री थिए केपी ओली, जो सेनाको हेलिकोप्टर चढेर भाग्नुपर्ने स्थिति देखियो । प्रचण्ड सडकमा थिए, प्रभावशाली नै थिए तर उनी फेरि भूमिगत भएर महिनौं सार्वजनिक हुनसकेनन् ।
यी दुई नेताको केमेस्ट्री गजबकै छ । प्रचण्डलाई पटक पटक मूर्छा पार्ने कुनै नेता थिए भने ओली थिए । यी दुबै नेताले कांग्रेसलाई त पछुवा नै बनाएर सत्ताको रस चुस्नुसम्म चुसे । एमालेले कांग्रेसलाई मिलाएको अन्तिम सरकारका समयमा प्रचण्ड ओलीबाट टाढा पुगिसकेका थिए । यी दुईमा झगडा चर्किएको थियो ।
जेनजीको लाठो खाएपछि यी दुईलाई निकट ल्याइदिएको छ । हातको सत्ता गयो, राजनीतिक साख गुम्यो । राजनीतिको मूलधारमा जेनजी पुस्ता पुग्यो । यसपछि यी दुईले मिलेर आन्दोलन गर्ने सोचेका छन् । तिहारको लगत्तै सडक तताउने र जेनजी पुस्ताको सरकारलाई ढाल्ने रणनीति यिनको छ । भन्नेहरू यो कुरा सपना ठान्छन् ।