
रास्वपाका सांसद खगेन्द्र सुनुवार दुईधारे तलवारको खतरामा छन् । अधिवक्ता मनिषा गौतमले काभ्रे अदालतमा हालेको मुद्दाको पेशी भोलि छ । महिलासँग दुव्र्यवहार सम्बन्धि आरोपबारे पार्टीले बयान लिएर अनुसन्धान गर्ने भनेको छ । उनको सांसद पद जानेसम्मका चर्चा चलेका छन् ।
यद्यपि खगेन्द्रले इन्कारी बयान दिएका छन् र अडियोको जाँचसमेत हुनेभएको छ । अब हेर्नुछ, भोलि अदालतले कस्तो निर्णय सुनाउने छ र रास्वपाले उनको स्वर जाँचको अनुमति कहिले दिन्छ र नतिजा के आउँछ ?


