Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

सेनालाई बाटो खुल्यो

०४ सोमबार , पौष २०७३९ बर्ष अगाडि

    मरिसकेको हेटौंडा कपडा उद्योग नेपाली सेनालाई सञ्चालनको जिम्मा दिने भएपछि पुनर्जिवन पाउने भएको छ । सेना स्रोत भन्छ– पहिलो चरणमा सेना, सशस्त्र, नेपाल प्रहरी र निजामती कर्मचारीको ड्रेसका कपडा उत्पादन गर्ने तैयारी सुरु भइसकेको छ । दोस्रो चरणमा स्कूल र कलेजका ड्रेस पनि यही उद्योगबाट उत्पादन गर्ने योजना रहेको छ । आत्मनिर्भरतामा नेपाली सेनाले फड्को मार्ने अवस्था सिर्जना हुँदैछ ।
    बन्द उद्योग सञ्चालनमा ल्याउने र नयाँ उद्योग खोल्ने नीति लिएको सरकारले बोलेजति उपलव्धि हासिल गर्न सकेको छैन । बन्द उद्योगहरु खुल्न नसक्नुमा सरकार नै जिम्मेवार छ । तर सेनालाई दिएको जिम्मेवारीमा सेना खरो उत्रने र निश्चित छ । सेनालाई जिम्मेवारी दिइसकेपछि सरकारी संयन्त्रले घरी घरी दुस्ख दिने अल्झो लगाउने काम गर्नु हुन्न, पूरा जिम्मेवारीपूर्वक काम गर्न दिनुपर्छ भन्छन् बुद्धिजीवीहरु । जहाँ सरकारको हस्तक्षेप रहन्छ, ती कुनै पनि उद्योग फस्टाउन नसक्नुका प्रमुख कारण बनेका छन् ।
    सेनाले कपडा उद्योगमा हात हालेपछि २०३२ सालमा चिनियाँ उपहारका रुपमा स्थापित यो उद्योगमा सेनाले थप चिनियाँ सहयोग ल्याउन सक्ने र अझ ठूलो परिमाणमा उद्योग चलाउन सक्ने अनुमान गरिएको छ । सेनाले ती क्षेत्रका पुराना अनुभवी र लगनशील युवा र महिलालाई पनि रोजगारी दिनसके सुनमा सुगन्ध हुनेथियो ।