Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

प्रचण्ड घातक

०४ सोमबार , पौष २०७३९ बर्ष अगाडि

    विश्वेन्द्रपासवानको दलित जनजाति पार्टीबाट विद्रोह गरेर दलित जनजाति पार्टी नेपाल गठन गरेकी यशोदाकुमारी लामा तामाङले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाएकी छिन् । उनी २०२५ सालदेखि नै विद्यार्थी राजनीति गर्ने महिला हुन् । उनी भन्छिन्– संविधान संशोधन प्रस्ताव सल्लाह गरेर ल्याएको होइन, विदेशी इसारामा आएको हो । यसकारण हाम्रो पार्टीको समर्थन थिएन, छैन । यो प्रस्ताव जनतालाई भ्रमित पार्ने र एकता विथोल्न ल्याइएको हो । प्रस्तावमा जे आउनुपथ्र्यो, आएन, जे नहुनुपथ्र्यो, त्यही आएको छ ।
    ठूला तीन दलले देशलाई भड्खालोमा जाक्दैछन् । जे परिवर्तन भयो, ठूला दलका नेतालाई भयो, जनतालाई कुनै परिवर्तन भएको छैन । अंगीकृतलाई कार्यकारी प्रमुख बनाउने प्रस्ताव आएको छ, यो डरलाग्दो र देशघातक छ ।