Advertisement Banner
Advertisement Banner

२७ मंगलबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

फिक्सिङमा इनम, माष्टर को ?

२७ मंगलबार , आश्विन २०८३६ घण्टा अगाडि

फिक्सिङमा इनम, माष्टर को ?

जसरी सुन, गाँजालगायतका ड्रग्समा भरिया पक्राउ पर्छन्, मालिक गायब रहन्छन्, त्यसैगरी उच्चतहको फिक्सिङमा इनम सापकोटा देखिएका छन्, यिनको पछाडिको माष्टर माइण्ड को हो, प्रहरी आफै रनभुल्लमा देखिन्छ ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको मोवाइल जाँचपछि इनम सापकोटाको सम्पर्कमा सुरक्षा निकायका उच्चअधिकारी, न्यायाधीश, नेता, व्यवसायी, थुनुवा अपराधीसँगको पोल खुलेको छ ।
खुलासा भएअनुसार अदालतको मुद्दा मिलाइदिने, बढुवा, सरूवा गरिदिनसक्ने, नेता तथा पूर्व प्रधानन्यायाधीशको विदेशमा सम्पत्ति व्यवस्थापन गर्ने र प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तिको उठबस, आवतजावतको सूचनासमेतमा पहुँच राखेको विषयले अड्डाअदालतदेखि राजनीतिक र कूटनीतिक बृत्तमा समेत ठूलै हलचल भइरहेको छ । अझ सेटिङमा कांग्रेसको नेतृत्व देउवाको क्षमा पारिदिने, संसद पुनस्र्थापना गराएर एमालेको सरकार फर्काइदिने, दीपक भट्ट, सुलभ अग्रवाललाई छुटाइदिने र चोलेन्द्र शमशेर राष्ट्रपति बन्नेसम्मका षडयन्त्रको जालो सार्वजनिक भएपछि राजनीतिमा ठूलै भुइँचालो गएको छ । इनमको सम्पर्कमा अदालती दलाल दीपक तिमिल्सिना, चोलेन्द्रका भाइ प्रभुशमशेर, व्यवसायी नवीनराज बस्नेत, थुप्रै नेताहरू, पूर्वगृहमन्त्री बालकृष्ण खाण, दीपक खड्का, उमेश श्रेष्ठ, नेताहरू, एआइजी वंशीराज दाहाल समेत देखिएका थिए ।
इनम सापकोटा प्रहरीले गोप्य तरिकाले एयरपोर्ट पक्राउ गरेको थियो । उनलाई  थुनामुक्त गर्ने बन्दीप्रत्यक्षीकरणको रिटलाई सर्वोच्चले खारेज गरिसकेको छ । इनम एक ३० वर्षे युवा हुन् । इनम एक दूतावासको डाक्टरको रूपमा चिनिन आएको र उनको पकडमा नेपालको शासनसत्ता सञ्चालकहरूसम्म भएको देखिनुले धेरैलाई आश्चर्यमा पारेको छ । चोलेन्द्र शमशेरको मोवाइलको रेकर्ड र अन्य कागजातबाट इनमका बारेमा कहालीलाग्दो प्रमाणहरू प्रहरीले बरामद गरेको थियो । सिंगापुरमा कम्पनी, दुबइमा अपार्टमेन्ट, विदेशमा लगानी समेत देखिएको छ । चोलेन्द्र र इनम सापकोटाको लहरोले ठूलै पहरो जाने स्थिति देखिन्छ ।
खासगरी यतिबेला बढेको चासो चाहिं इनमको मात्र यति भयानक डिजाइन गर्ने हैसियत हुनैसक्दैन । अन्तर्राष्ट्रिय माफिया डन यसमा संलग्न हुनुपर्छ भन्ने आशंकाका साथ अनुसन्धान अघि बढेको भनिदैछ । यस्तो संशय अन्यथा होइन ।