Advertisement Banner
Advertisement Banner

२७ मंगलबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

२ पल्ट राष्ट्रपति, अब पार्टीपति !!

२७ मंगलबार , आश्विन २०८३६ घण्टा अगाडि

२ पल्ट राष्ट्रपति, अब पार्टीपति !!

दुईपल्ट राष्ट्रपति भएकी विद्या भण्डारीले एमाले पार्टीको सपथ खाएकी छिन् । उनलाई एमालेको भावी अध्यक्षका रूपमा हेरिएको छ । उपराष्ट्रपति भइसकेका व्यक्ति नेकपाको राजनीतिमा लागेका छन् ।
यी दुबैले नैतिक बनेर राज्यबाट पाएको सेवा सुविधा फिर्ता नगरे खोसिनुपर्छ । एउटा पार्टीको कार्यकर्तालाई राज्यले सेवासुविधा किन दिने, प्रश्न उठेको छ । अहिले आएर थाहा भयो, गणतन्त्रलाई गनाउने तन्त्र बनाउने एमाले र माओवादीले दुई नेतालाई राष्ट्रपति र उपराष्ट्रपतिमा काज पो खटाएका रहेछन् । जनताले तिरेको कर खाने, काम चाहिं पार्टीको गर्ने व्यक्तिले लोकतन्त्रलाई लूटतन्त्र बनाएछन् । यो दृश्य लज्जास्पद दृश्य होइन र ?