Advertisement Banner
Advertisement Banner

२७ मंगलबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

आयन माझीको पक्राउ

२७ मंगलबार , आश्विन २०८३७ घण्टा अगाडि

आयन माझीको पक्राउ

आयन माझीको पक्राउ
जिल्ला प्रहरी परिसर काठमाडौंले असोज २२ गते पत्रकार सम्मेलन गरेर विभिन्न स्थानमा लूटपाट गर्ने, डकैती गर्ने समूहका नाइके एवम् टोलीका सरदार आयन माझीलाई नियन्त्रणमा लिएको जनाउ दिएको छ । यो आयन माझीको समूहले प्रहरीमाथि खुकरी प्रहार गर्न खोजेको र नियत्रणमा लिन घुँडामा गोली हान्नुपरेको जानकारी दिइयो । प्रहरी उपरीक्षक दिलिप घिमिरेका अनुसार आयन माझी र उनको तीजनाको समूहले खासगरी स्वयम्भू र बौद्ध क्षेत्रमा आतंक मच्चाउँदै आएको थियो  त्यस्तै असोज २३ गते अपराध अनुसन्धान कार्यालयले पत्रकारहरूलाई बतायो– २१ किलो सुन अवैध रूपमा तरूकरी गरी नेपाल भित्र्याएर विभिन्न स्थानमा व्यवस्थापन गर्न लागेको अवस्थामा तीनजना चिनियाँ नागरिकलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । बरिष्ठ प्रहरी उपरीक्षक सन्तोष खड्काले बुढानीलकण्ठको माथिल्लो भंगाल क्षेत्रमा घर भाडामा लिइ सुनलाई पगाल्ने, प्रशोधन गरी विभिन्न स्थानमा बेचबिखन गर्ने लागेको अवस्थामा प्रहरीले मेसिनसहित पक्राउ गर्न सफल भएको बताएका छन् ।
बालेन सरकार गठन भएपछि प्रहरी स्वतन्त्र रूपमा आफ्नो काम गर्न सक्ने भएकाले लागूऔषध, सुन, गुण्डागर्दी माफिया डनहरूको सातो गएको छ ।
गगन गणतन्त्रवादी, देउवा राजतन्त्रवादी
नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापतिमा गगन थापाले बाजी मारेका छन् । उनका प्रतिद्वन्द्वी श्यामकृष्ण खड्गीले झिनो मत पाएका छन् । पार्टीको जीवनमा महाधिवेशन स्वभाविक प्रकृया भए पनि पूर्वसभापति शेरबहादुर देउवाले एकता गर्न नचाहेपछिको महाधिवेशनमा गगन थापाको विजयलाई महत्वपूर्ण मानिएको छ । गगन थापाले सकेसम्म एकताको महाधिवेशन गर्न खूबै प्रयास गरेका थिए, पूर्वसभापति देउवाले भेट्नसम्म मानेनन् । कांग्रेस दुई चिरामा बिभक्त भयो । देउवापक्ष पनि अलग्गै महाधिवेशनका लागि तैयारीमा जुटेको देखिन्छ । देउवालाई छाडेर गगन कांग्रेसको भविष्य देखेका अधिकांश कांग्रेसीहरू अहिले नै मलिन अनुहार लगाउन थालिसकेका छन् । उनीहरूको मन खिन्न हुनुको कारण देउवा पक्षबाट भित्रिएका भनेर फ्याँक्ने र आफ्नालाई च्याप्ने काम भएको उनीहरूले  बताउन थालेका छन् । अर्थात्, यसै पनि देउवा र गगनमा दुई फ्याक परिसकेको कांग्रेस, त्यसमाथि पनि आफ्नो र अर्काको विभेद हुनुले कांग्रेसको साख यो महाधिवेशनले बढाउने सम्भाबना न्यून देखिदैछ । गगन थापा सभापतिमा विजयी भए, सानेपा हाउस र चारतारे झण्डामा पनि कब्जा जमाउन सफल भए । अब तमाम कांग्रेसीको मन जित्न र कांग्रेसलाई एकढिक्का बनाउन सकेनन् भने यो जित र युवा भएकोमा गगनको खासै गरिमा र महिमा बढ्ने देखिदैन । कांग्रेस भित्र सक्कली र नक्कलीको विभेद रहिरह्यो भने स्थानीय चुनावमै कांग्रेसको हैसियत देखिनेछ ।
जस्तोसुकै तिकडम गरेर भए पनि गगन सभापति बन्न सफल भएका छन् । गगनका सामु ८ दशक लामो इतिहास भएको कांग्रेसको वर्चस्व जोगाउनु छ । रास्वपाले कांग्रेसलाई बढारिसकेको स्थितिमा प्रजातन्त्र र कांग्रेसको साख गगन थापाले कसरी पुनस्र्थापित गर्ने हुन्, भोलिका दिनका यो चुनौती हो । महाधिवेशनमा गगन थापाले हिन्दुराष्ट्र र राजतन्त्रका विषयमा बोलेनन् । यसकारण गगन थापा गणतन्त्रवादी हुन् भनिदैछ । यति ठूलो महाधिवेशनमा सहकारी, लघुवित्त, मिटरव्याज, सुकुमवासी, बाढी पीडितका विषयमा चुँइक्क कुरा उठेन, उठाइएन । यसकारण पनि गगन कांग्रेस पनि भ्रष्टहरूकै लुटतन्त्रको पक्षमा रहेको आरोप लागेको छ । राजनीतिक बजारमा गगन समूहलाई गणतन्त्रवादी र देउवा समूहलाई राजतन्त्रवादी भनेर चर्चा पनि चलिरहेको छ । कांग्रेस के हो, गगन र देउवा के हुन्, स्थानीय निर्वाचन अगावै दूध र पानी छुट्टिने दावी विश्लेषकहरूको रहेको छ ।
देउवा र गगन कांग्रेस कहिल्यै मिल्दैनन् भन्ने कथन पनि बाक्लै छ । त्यसो हो भने कांग्रेस दुई फ्याक हुन्छ र यसको लाभ रास्वपालाई नै जाने पक्का छ । केही समयमै कांग्रेसको अनुहार स्पष्ट हुने निश्चित छ ।  पार्टी भित्रका असन्तुष्टिहरू आआफैले मिलाउलान्, मिल्लान, राष्ट्रिय मुद्दाहरूमा कांग्रेसभित्रको दुई खेमाको अडान र लगाव हेर्न लायक हुने देखिदैछ । एमाले र नेकपा जसरी पनि गगन र देउवापक्षलाई आफूतिर तानेर बालेन सरकार ढाल्न होस्टेमा हैंसे गराउन चाहिरहेका छन् । गगन समूहले अब कम्युनिष्टको भरिया हुन जानेछ भन्ने विश्वास कम छ । बरू गगन कांग्रेस, रास्वपासँग मिलेर अघि बढ्न सक्ने विश्लेषण भइरहेछ ।