
हाम्रा देशका नेताहरू पुराना मध्यका धेरै फासीवादी शैलीमा अभ्यास गरे । अहिले उनिहरूलाई जनताले आइना देखाएका छन् । कसैको पनि व्यवहारले नै उनिहरूलाई जनतामा चिनाइ दिन्छ । म लोकप्रिय हु भन्दैमा कुनै लोकप्रिय हुदैन तर गहुँ सँग घुन पनि पिसिन्छ भन्नेबारे विगतको जेन्जी आन्दोलनले प्रष्ट पारेको छ । राजनीतिक पार्टी भित्र वर्षौँ इमानदार, नैतिकवान र राष्ट्र प्रेमिहरू समेतलाई अरूले गरेको गलतिको सजाए भोग्नु पर्यो । अहिले त्यो अतितको बिषय बन्यो त्यसबारे हाल कसैले कलम पनि चलाउदैनन् ।
अहिले उहि भ्रष्टाचार विरोधी आन्दोलनबाट आएको नयाँ पुस्ताको सरकारले कुनबाटो पच्छाएको छ त? यसबारे अहिलेको जनचासो पनि हो र हुनुपनि पर्छ । म आफैले भरत दहालका लेख रचना र केही युट्यूभमा आएका विचार सुन्ने बाहेक उनि कोहुन भन्ने बारे चिनेको छैन । तर उनका लेख रचनाहरू पढ्नेहरूले प्रायजसो उनलाई देशभक्त र जनतान्त्रिक रूपमा बुझेका छौँ । यही हाम्रो उनिसँगको चिनारी हो ।
एउटा राजनैतिक बिश्लेषक तथा त्रिमूल नेपालका अध्यक्ष भरत दहाललाई गिरफ्तार गरेर बालेन सरकारले प्रज्वोलित जनाधिकारमाथि खञ्जर घोपेकाछन् । के यो फासीवादी सैलि होइन? के उनले राजनीति प्रतिसोध साधेका होइनन्? के भरत दहाललाई गिरफ्तार नै गर्नु प्रने प्रधानमन्त्रीको बाध्यता थियो? अहिले धेरै जसो जनतामा यही जिज्ञासा भेटिन्छ । त्यो अस्वभाविक मान्न सकिदैन । स्वभाविक रूपमा कुनै देशको हितमा आवाज उठाइरहेको व्यक्ति माथि हुनै कुनैपनि घटनाले जनताको ध्यान खिचेकै हुन्छ । जनता आकर्षित हुन्छन् नै ।
उनलाई आफ्नै युट्युब च्यानल र सामाजिक सञ्जालमार्फत तथ्यहिन एवम् भ्रामक अभिव्यक्ति प्रसारण र प्रकाशन गरेको आरोप लगाइएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोमा परेको उजुरीका आधारमा काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ अनुमती (पुर्जी)लाएर उनलाई मोरङको सुन्दरहरैँचा(सलकपुरबाट नियन्तरणमा लिएको बताइन्छ) (हाल उनी धरौटीमा रिहा भएका छन् ।)
विद्युतीय कारोबार ऐनको कसुर– साइबर ब्यूरोका अनुसार दाहालले डिजिटल माध्यामबाट पदाधिकारीहरू समसामायिक राजनीति, नेपाल भूगोल तथा भूराजनीतिसम्वन्धी बिषयमा भ्रामक अफवाह फैलाएको आरोप लगाएको छ ।
यस्तो अवस्ता पञ्चायतिराजमा देखिन्थ्यो कुनैपनि राजनीतिक कर्मिले सरकारको बिरोध गरेबाफत जेल जानुपरेको । तर अहिले भरत दहालको गिरफ्तारीले देशमा बहुदलिय व्यवस्था अर्थात गणतान्त्रिक मान्यताको विरूद्धमा सरकार अगाडी बढेको छ ।
कुनैपनि नागरिक समाजले देशहितको पक्षमा आवाज उठाउने उस्को नैसङ्गिक अधिकार हो र हुनुपर्छ ।आफ्नो विरूद्धमा उठेका आवाज राणा र राजाहरूले पनि सहँदैनथे अहिलेको सरकार राणा र राजाकालिन अभ्यास गर्दै छ । हिजो आफैले सिहँदरवार जालउछौँ भन्दा उनि सहि थिए यद्यपि त्यो वेला बालेन मेहर थिए, प्रचण्डले पाँच हजार मानिस मारेका हौँ भन्दा पनि उनलाई कसैले केही भनेन ।तर आज एउटा राजनीतिक बिश्लेषकलाई राजनीति भित्र लुकेको सड्यन्त्र बाहिर ल्याउदा पक्राउ गरिन्छ । अब हामिले बुझ्नै पर्ने कुरा यो सरकारको उदेश्य के हो र सरकार कहा देखि सञ्चालित छ? भरत दहाल माओवादीको तत्कालिन कृयाकलाप ठिक छैन भनेर विद्रोह गरेर बाहिर निस्किएका एकजना सहासि ब्यक्ति हुन् । उनले लगातार देशभित्र हुने विदेशी हस्तक्षेपको विरूद्धमा आवाज उठाउदै आएका छन् भने देशभित्रका तमाम राजनीतिक दलहरूको व्यवहारको बिष्लेषण गर्दै आएका छन् । उनि कुनैपनि सरकारद्वारा गरिएको गलत कृयाकलापको विरूद्धमा आवाज उठनउने गर्छन् । देशमा भरत दहालजस्ता सचेतक ब्यक्तिहरूको आवस्याकता रहिरहन्छ । सरकारले आफ्नो बिरूद्धमा उठेका आवाजहरूलाई यसरी प्रतिषोधको आधारमा दवाउन खोज्ने हो भने देशमा फेरी पनि विद्रोहको लावा दन्किन सक्छ । सरकारले देशमा शान्ति सुव्यवस्था बनाए राख्ने प्रयास गर्नुपर्छ । भरत दहाललई अबिलम्वन विनासर्त रिहा गर्नुपर्छ भन्ने आवाज विभिन्न क्षेत्रबाट उठेको थियो ।
यद्यपि कसैले पनि राष्ट्रियता र गणतन्त्र र देशको संविधान विरूद्धमा अराजक गतिविधी गर्नु हुदैन । अहिले देशमा प्रतिसोधको भावना झाँगिदै आएको देखिन्छ । तर पनि देशको नियम कानुनलाई मिचेर अनावश्याक रूपमा कसैलाई दु्ख दिने प्रयास गर्नु गलत हो । सरकारमा बसेकाहरू आफै अराजक हुनथालेपछि देशभित्र फेरी पनि लावा दन्किने छ । साथै आम नागरिकले पनि राष्ट्रियता र संविधानको रक्षाका लागि आवाज उठाउनै पर्छ ।
हामी सबै यही देशका नागरिक हौँ हाम्रो समाज, परिवार एउटै र यसको व्यवहार उस्तै उस्तै छ । या त हामिले विद्रोहको सेवाय अरू सिकेनौँ वा राजनीति गर्न जानेनौँ ।हामिहरू विदेशीको इसारामै नाच्न थाल्यौँ यसैको परिणाम आज हाम्रो देशको राजनैतिक ढाँचा नकारत्मक रूपमा निर्माण भएको छ । त्यो सरकार पक्ष हौस् वा विपक्ष एकले अर्काको खुट्टा तान्ने प्रत्यकको बानी बसेको छ । कसैको पनि सकारात्मक विचार हुँदैन राम्रो गरेपनि शङ्का नकारात्मक रूपमा मुल्याङ्कन गरिन्छ । विरोधका लागि बिरोध र समर्थनका लागि समर्थन गर्ने गलत प्रवृती हाम्रो समाजमा हावी भएको छ ।
विरोधीहरूलाई देख्नै नसक्ने, अरूको विचारको कदर गर्न नचाहाने, पावरमा बसेकाहरूले अपुजिसनमा बसेकाहरूलाई देख्नै नसक्ने उनिहरूद्वारा आएको देश र जनताको हितका विचारहरू पनि लत्ताइदिने सत्ता पक्षको रणनीतिनै बनेको हुन्छ । जसले गर्दा आज राजतन्त्र हटिसकेको बिसौंवर्षसम्म पनि हाम्रो देशले काँचुली फेर्न सकेन । यो भन्दा दुर्भाग्यको बिषय के हुनसक्छ ? जसले हिजो मिलेर तानाशाही व्यवस्थाको अनत्य गरे गणतन्त्र र संविधानका लागि रगत बगाए आज उनिहरूले नै जनताको रगतबाट निर्मित संविधानको धज्जि उडाएका छन् । जुन सरकार आए पनि संविधानतः काम गर्नै नसक्नु र संविधानको उल्लंघन हुनु भनेको कतै संविधानमा नै गम्भीर त्रुटी त छैन ?
लोकतन्त्र, जनतन्त्र, गणतन्त्र जेसुकै भनेपनि जनताको हातमा सार्वभौम सत्ता संपन्न हुनु र राषष्ट्रियताको रक्षाका लागि, आफ्नो हक अधिकारका लागी आवाज उठाउन पाउने व्यवस्था हो । जसले अरूको स्वतन्त्र अभिव्यक्तिको पनि सम्मान गर्न सक्नुपर्छ ।
हो यदि कसैले राष्ट्रको विरूद्धमा बोल्छ भने उनिहरूलाई चेतवानी र कानुन अनुसार सजाए दिनुपर्छ । कसैले देश र जनताको हितमा आवाज उठाएको छ भने त्यो आवाजको सकारत्मक रूपमा मुल्याङ्कन् हुनुपर्छ । सरकार जस्को भएपनि सरकाले देश र जनताको हितमा काम गरेको छ भने त्यसको समर्थन पनि हुनुपर्छ । हामिसँग विधान छ त्यो विधिको विधान सबैमा लागु हुनुपर्छ । संविधान र कानुन भन्दा माथि कसैलाई पनि मानिदैन । पुँजिवादी गणतन्त्रमा पनि राष्ट्रियता र त्यो देशको संविधान कानुनलाई जोगाउने सबैको कर्तव्य हुन्छ । नागरिक दायित्व हुन्छ ।
अहिले सत्तामा बसेर हुकूम चलाउनेहरू हिजो थुप्रैले बलिदान दिएर आएको गणतन्त्रको सम्मान गर्नुपर्छ । हुकुम मान्नेहरूले पनि संविधानको मान त राख्नैपर्छ ।
देशका तमाम देशप्रेमी र स्वतन्त्रता प्रेमीहरूले साडे ६दशक बलिदानिपूर्ण शङ्घर्ष गरेपछि यहाँसम्म देशलाई डोराउन सकेका हौँ । त्यसले सबै राजनैतिक पार्टी, वुद्धीजीविहरूको जनताहरूको थोरै धेरै भूमिका अवश्य पनि छ । यो देशपनि देशका सबै नागरिकहरूको हो । अहिले पावरमा पुगे भन्दैमा यस्ता सचेत देशभक्तहरू माथि यसरी दमन गर्ने व्यवहार नगरौँ ।
हामीले राणाकालिन अवस्था देखि झेल्दै आएको व्यवस्था निरंकूश नै हो । त्यसको विरोधमा देशका जनताहरू लामो र अथक सङघर्ष गरेका छन् । देशका जनताले सदियौँ देखिनै शान्ति सुव्यवस्थाको निमित्त लगातार लड्दै आएका छन् । देशभित्र जन चाहनानुसारको व्यवस्था आउन नसक्नुको पछाडि पनि सत्तामा बसेकाहरूले हालिमोहाली गर्दै आएकोले पनि हो । राणाकालिन जनता रहेनन् उनिहरू अहिलेका सचेत र परिवर्तनसिल जुझारू नागरिक हुन् । जसले सहि र गलतलाई छुट्टाउने छन् । सरकार र जनता दुबैको जिम्मेवारी हो, सभ्य समाज निर्माण गर्नु ।


