
वीपी कोइरालाको कांग्रेसी बिरासत धान्ने दायित्व वीपी पुत्र सशांक कोइराला, नोना कोइराला पुत्र शेखर कोइराला र गिरिजापुत्री सुजाता कोइरालाको काँधमा थियो । शेरबहादुर देउवाको विश्वास गरेर, नगरेर उनीहरू ओल्लो किनार न पल्लो तीरका रूपमा रूमल्लिीइरहे । अन्ततः देउवालाई गगन थापाले उछिने । सुजाता यता न उता, सशांक गगनका पछि छन् भने शेखर कांग्रेसलाई सम्हाल्लान भन्दाभन्दै कुहिराका कागजस्तो बन्नपुगेका छन् । देउवा र गगनले कांग्रेसको झण्डा तानातान गर्दा पनि यी तीन कांग्रेस ढाडमा हाड नभएका प्राणीहरू तमासे बनेर बसेका छन् । वीपीको बिरासत लाग्छ, अब समाप्तितिर जाँदो छ ।


