मुलुकमा दिनदिनै बढ्दै गएको बेथिति, भागबण्डातन्त्र र धार्मिक युद्धको खतरा देखेर त्यसलाई सम्हाल्ने एउटा मियो चाहिन्छ भन्ने सोच बनाएर नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले भनेका छन्– ज्ञानेन्द्रले भनुन्, म राजतन्त्र फर्काउन लाग्छु। अचम्म, मुलुकका लागि ज्ञानेन्द्रले किन भन्नुपर्ने, नेताहरु सचेत भएर लाग्नुपर्ने होइन र? त्यसै पनि अराजक र भ्रष्टाचारको पोखरीमा चुर्लुम्मै डुब्दै गएको राष्ट्र, त्यसमाथि महाभियोग र संविधान संशोधनको प्रस्तावले संसदसमेत चल्न नसकेको र काठमाडोंदेखि ५ नम्बर क्षेत्रमा जनआन्दोलन चर्किदै गएको स्थिति र हिन्दू महाभियानको देशव्यापी आन्दोलनलाई एउटा निष्कर्षमा पुर्याउने दायित्ववोध गरेर नेता खुमबहादुर खड्काले राजतन्त्रको आवश्यकता देखेका हुन्।
कुनै पनि पञ्चलेसमेत बोल्न नसकेको अवस्था, राप्रपाले समेत राजतन्त्र र हिन्दूवादलाई सत्ता र शक्तिका लागि प्रयोगमात्र गरेको तीतो यथार्थबोध भइरहेको स्थितिमा खुमबहादुर खड्काजस्ता प्रभावशाली नेताले हिन्दूराष्ट्र भएरै छाड्छ, ज्ञानेन्द्रले भनुन् राजतन्त्र फर्काउन सकिन्छ भन्ने विश्वास व्यक्त गरेका छन्।
यी हजार विदेशपरस्त महाराजाभन्दा एउटै स्वदेशपरस्त राजा राम्रो। सााचो भन्नुपर्छ– नेपाली आमजनधारणा यही हो। किनभने पूर्वराजा जहाा जाउन् जनताको भीड लागिहाल्छ, जनता जयजयकारको नारा लगाइहाल्छन्। यो लोकप्रियता र पार्टीहरुको त्यो अलोकप्रियता दााज्ने हो भने नेपालमा हिन्दूत्व र राजतन्त्र अव टाढाको विषय रहेन। ज्ञानेन्द्र महाराज, केही त बोल। खुमबहादुरजी, स्वतस्फूर्त भएर तात।


