Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

हिन्दुराज्य जनमत संग्रह गर

२० सोमबार , मंसिर २०७३१० बर्ष अगाडि

म हिन्दूराज्यको पक्षमा छु, धर्मनिरपेक्षताका बारेमा जनमत संग्रह गरिनुपर्छ। कांग्रेसका महामन्त्री सशांक कोइरालाले यसै भनेका छन्। धर्मका विषयमा जनमत संग्रह नगरी यो विवादको स्थायी समाधान हुँदैन। नेपालमा ८५ प्रतिशतभन्दा बढी हिन्दू बस्छन्, हिन्दूराज्य हुनु उपयुक्त हुनेछ। 
संविधान कार्यान्वयन गर्ने हो भने धर्मको विवादको स्थायी समाधान हुनुपर्छ। जनमत संग्रहभन्दा अर्को राम्रो स्थायी समाधानको उपाय अर्को हुनैसक्दैन। विकल्प छैन। 
स्मरणीय के पनि छ भने कांग्रेसका अर्का प्रभावशाली नेता खुमबहादुर खड्कासहितका अनेक नेताहरु संलग्न भएर हिन्दू महाभियान सञ्चालन गरिरहेका छन्। मंसिर १५ गते प्रज्ञा प्रतिष्ठानमा ठूलै अन्तरक्रिया सम्पन्न भएको छ र हिन्दू राष्ट्र नभएसम्म यो अभियानले विश्राम नलिने घोषणा गरिएको छ। 
अभियन्ता खुमबहादुर खड्काले हिन्दूत्वका लागि आन्दोलन गर्न तमाम हिन्दूहरुलाई आग्रह गरेका छन्। हिन्दूहरु फेरि एकजुट भएर शक्तिशाली रुपमा आन्दोलन गर्ने झझल्को देखाएकाले धर्मनिरपेक्षतावादीहरु आत्तिन पुगेको अनुभव गरिएको छ। 
जुन राजनीतिक शक्तिहरुले धर्मनिरपेक्षताको घोषणा गरे, संविधान लेखे, तिनीहरु घरमा, देखावटीका लागि हिन्दू परम्परामा रंगिने गरेका छन्। फेरि कि हिन्दूधर्मप्रति बाहिर बाहिर यी नेताहरु बिरोध गरिरहेका छन् भन्ने बुझ्न सकिन्न। स्वयं धर्मनिरपेक्ष राष्ट्रका राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री र मन्त्रीहरुसमेत दशैं, तिहार, छठ, जात्रामात्र होइन, कुनै योजनाको साइत पूजा गर्नसमेत दगुरा दगुर गरेर जान्छन्। धर्म नमान्नेको यो चरित्र ढोङमात्र हो त? 
गड ब्लेस यु भन्न छाडेर, क्रिश्चियनले गरेजस्तो जैमिसी भन्न छाडेर आशीर्वाद लिने, दिने, नमस्कार गर्ने, अलिकति पीडा भयो कि आमा भन्ने, भगवान गुहार्ने गर्ने हाम्रा नेताहरुले अब बुझ्नुपर्छ, सशांक कोइरालाको अभिवयक्ति र खुमबहादुर खड्का, विश्वहिन्दू महासंघका मागहरु नाजायज होइनन्। सर्वधर्म समभाव राख्ने हिन्दूत्व र विश्वको एकमात्र हिन्दूराष्ट्र नेपाल हुनुमा नै नेपालको विशेषता र नेपालीत्वको जगेर्ना हुनसक्छ।