Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

जनार्दन पनि जय नेपाल

२० सोमबार , मंसिर २०७३१० बर्ष अगाडि

उर्जामन्त्री जनादर्शन शर्मा अर्का चर्चित मन्त्री बन्न सफल भए। १४ घण्टासम्मको लोडसेडिङबाट मुक्ति दिलाएर यी मन्त्रीले राम्रो काम गरेकै हुन् र विद्युत चुहावट र विद्युत प्राधिकरणकै विद्युत चोर र चुहिने प्वाल टाल्न खोज्दै गरेका यी मन्त्रीले जन समर्थन बटुलेकै हुन्।  तर, अहिले यिनै मन्त्री ३२ करोड भ्रष्टाचारमा मुछिन पुगेका छन् र त्यो भ्रष्टाचारको फाइल अख्तियार पुगेको छ। भ्रष्टाचार चमेलिया जलविद्युत आयोजनाको फाइलमा भएको प्रमाण सार्वजनिक भएपछि जनार्दन तिमी पनि जय नेपाल भनेर भ्रष्टाचारबारे टिप्पणी सुरु भएको छ। 
चमेलियको मेकानिकल ठेकेदार कोरियान कम्पनी केएचएनपीले समयसीमा नाघेकाले क्षतिपूर्ति दावी गर्दै आएको छ र  सिभिल ठेकेदार चाइना गेजुवालले पनि एक अर्व ९ करोड क्षतिपूर्ति मागेको छ। यिनै दुई विषयमा मन्त्री जनार्दनले जय नेपाल गरेका हुन्। यिनकै आदेशमा दिनै नपर्ने क्षतिपूर्ति दिएको देखिएको हो। स्मरणीय छ, लडाकु शिविरमा आएको निकासा लडाकुलाई नदिएर आफैले खाएको आरोपमा मुछिएका जनार्दन अख्तियारमा छानबिन चलिरहेको छ। जनार्दनले यो भ्रष्टाचार गरेर आफूलाई योग्यबाट च्यूत गरेका छन्।