Advertisement Banner
Advertisement Banner

१७ बुधबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

प्राकृतिक बिपद्मा समाज र छिमेकीको भूमिका

१७ बुधबार , भाद्र २०८३४ घण्टा अगाडि

प्राकृतिक बिपद्मा समाज र छिमेकीको भूमिका

भोटेकोशीको उद्गमस्थल तिब्बतको झाङ्गझाङ्गबुनदी जो तिब्बतको शिसापाङ्गा हिमस्थलबाट उदाएको मानिन्छ । यसलाई नेपालमा सप्त कोशी भनिन्छ । सप्तकोशी, जसलाई साधारण बोलीचालीमा कोशी नदी पनि भनिन्छ । जो नेपालको सबैभन्दा बढी चौडा (चाक्लो) नदी मध्यको यही मानिन्छ।यो तिब्बतमा बगेको समेतगरी करिब ७२० कि.मी.लामो छ । यसका ७ वटा सहायक नदीहरू छन्, ती हुन् तमोर, अरूण,दूधकोशी, लिखू,तामाकोशी, सुनकोशी र इन्द्रावती । यसका ७ वटा सहायक नदीमा सबैभन्दा पूर्वी तमोर र सबैभन्दा पश्चिमी नदी इन्द्रावती हुन् ।
जसमा आएको आकस्मिक बाढीले बिभिन्न देशका प्रर्यटकहरू र हजारौंनागरिकहरू प्रभावित भएका छन् ।
अहिलेसम्म बिभिन्न मिडियाहरूको माध्यमद्वारा आएको जानकारी – भोटेकोशीमा आएको आकस्मिक बाढीमा परेका झण्डै ६ सय जनाको शव विभिन्न स्थानमा फेला परेको छ । हजारौं बेपत्ता छन्, जसमा प्रशासनले दिन रात नभनि लगातार खोजी कार्य भएको जानकारी छ । खोजी कार्यमा नेपाल सेनाका जवानहरू जुटेका छन् । बिभिन्न संग संस्थाहरू समेतले सहयोग पुराएको बिभिन्न् मिडियाहरूमा आएको छ । यो राष्ट्रिय आपत विपतमा सबै नागरिक समाजहरू एकढिक्का भएर यसको सामना गर्नुपर्नेछ ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा बढी चितवन, धादिङ, पूर्वी नवलपरासी, गोरखा, नुवाकोट, तनहुँ, नवलपरासी पश्चिम र रसुवामा थुप्रै शवहरू फेला परेका छन् । सरकारका लागि शब पहिचानमा समस्या परेपछि तिनको व्यवस्थापनमा ठूलै चुनौती सामना गर्नुपरेको छ । मौसमको खरावीका कारणले पनि उद्धार र राहतमा समस्या परिरहेको छ । सुरूङमा थुनिएकाहरूको उद्धारका लागि सरकारले चीन र भारतका विज्ञटोली झिकाएर काम गरिरहेको छ ।
भोटेकोसी नदीमा आएको बाढीपछिको उद्धार, राहत तथा सहायतका लागि विभिन्न जिल्लामा झण्डै १८ हजार सुरक्षा र जनशक्ति परिचालन गरिएको सरकारले बताएको छ । विभिन्न अस्पतालमा सयौं उपचारमा रहेका छन् । चीनीया अधिकारीले सात मि.अग्लो ड्याम फुट्न सक्ने खतरा बताएका छन् । उनिहरूले सबै राहतकर्मी र अन्य पक्ष सबैलाई सचेत रहने सुझाव पनि दिएको बताईन्छ । यसरी उक्त नदीमा अंझै खतरा बरकरार रहेको छ । यदि त्यो ड्याम बिष्फोट हुन्छ भने फेरी यही नदी महाकाल बनेर बज्रन सक्नेछ ।
नदीलाई व्यवस्थापन गर्ने बहानामा थुप्रै रिस्क लिएका हुन्छन् जस्ले गर्दा जोखिम झनै बढाइदिन्छ । यो प्राकृतिक विपदबाट शिक्षा लिएर भविष्यका लागि सावधानी नीति लिन जरूरी छ ।
नेपालको पहाडी भेगमा सिंचाईको राम्रो व्यवस्था छैन तर हामीसङ्ग कुल ८३ हजार मेघावट विद्युत, ८० लाख हेक्टर सिंचाई क्षमता भएका करिब ४५ हजार कि.मी.भन्दा बढी लम्बाइका ६०००भन्दा बढी नदीको करिब २ लाख २ हजार मिलियन क्युविक मीटर पानी क्षमताको नेपाल विश्वमा ब्राजिलपछि सबभन्दा जलसम्पदायुक्त देश मानिन्छ । तर हाम्रै देशभित्र कयौं गाउ घन्टौं हिंडेर पिउनका लागि पानी ओसारेको देखिन्छ । पानीको व्यवस्थापन र जलवायु परिवर्तनप्रति सचेतनाको आवश्यक छ ।
नेपालका यी कुल नदीहरूलाई हिमालमै मूल भएका, महाभारतमा मूल भएका र चुरेमा मूल भएका वा हिउँदमा सुक्ने खालका गरी तीन भागमा बाँड्न सकिन्छ । अहिले जसरी हिमनदीमा बिष्फोट हुंदा बाढी आएको छ । जसले नेपाली भूमिमा कहर ढायो । सयौंको सङ्ख्यामा मानिसहरू मरेका छन्, घरबार बगाएको छ । कयौं पुरै परिवार अलपत्र परेको भयभाव र दर्दनाक अवस्था छ ।
भनिन्छ वि.स.२०४४ र २०५०मा पनि बाढी÷पहिरो आयो । त्यसवेला पनि जन धनको ठूलो पैमानामा नोक्सान भएको थियो । नेपालमा सानातीना बाढी पहिरो त प्रत्येक वर्ष आइनै रहन्छ । यसरी क्षति गर्नेगरि प्राकृतिक आपद २०७२ को भुकम्पपछि कोरोना कहर आयो । २०७२मा आएको भुकम्पले देशका करिब ९ हजार जती  मानिसको ज्यान लिएको थियो । हजारौं प्रभावित भए ।
समय–समयमा कर्णाली वा मध्य पश्चिम र दक्षिणका तराई प्रदेशले बाढीको र खडेरीको पनि सामना गर्दै आएका हुन्छन् ।
जतीवेला आपत बिपत आई लाग्छ त्यहीवेला रहातका कुराहरू पनि हुन्छन् । माहोल अलिक चिसियो भने फेरी त्यो सबै कुरा भुलिन्छ । राष्ट्रिय कार्यक्रम यूनिसेफले विपद, जोखिम न्यूनिकरण विपदको पूर्वतयारी,व्यवस्थापन तथा उद्धार र जलवायु परिवर्तनसङ्गै अनुकुलतालाई मूलप्रवाहमा ल्याउनका लागि काम गर्ने छ, भनिएको छ ।
तरपनि जतीवेला प्रकृती आपदा आउछ तबमात्र पार्टीहरू यस्ता पोपलिष्ट कुराहरू गर्छन् । यसकालागी केन्द्रीय प्रदेशिक र स्थानीय तीनै तहमा जोखिम सम्बन्धी कार्य क्रमहरूको जानकारी प्रवाह गर्न सहजीकरण र सहकार्यलाई प्रवर्धन गरिने कुराहरू उल्लेख गरिएको थियो । यो सबै कुरा घाउ ताजा हुदा गरिन्छ घाउ निको भयो भने त्यसबारे चुपचाप बसिन्छ । बिर्सिने गरिन्छ 
यो मुद्दा केवल नेपालको मात्र होइन यो अन्तर्राष्ट्रिय मुद्दा हो । त्यसै पनि नेपाल कमजोर छ, समृद्धि खोजिरहेको छ । त्यसमाथि भूराजनीतिको कहर पनि नेपालमाथि नै मडारिएको छ । नेपालीहरू, बाढी ÷पहिरोमा पर्छौं तर हाम्रो आफ्नो ुसमुद्र मार्ग छैन । नेपालले सदियौं देखि भोग्दै आएको जमिनमा अरू कसैले कब्जा जमाएका छन् ।
भूमि अतिक्रमण गरेर छिमेकीले आफ्नो परिचय आफैले दिएका छन् । उनिहरूलाई भनिरहनु पर्दैन । चोरको टाउकोमा सिन्को भने जस्तै इसारा काफी छ । यसबारेमा भारत र चीन दुबैदेश अमोवेश जिम्मेवार छन् । नेपालका लागि समदूरीको नीति जरूरी छ । जसले बच्न र बचाउन, स्वराज कायम गर्न सकिनेछ ।
अब थोरै नेपाली समाजको आपत विपतपर्दाको व्यवहारलाई थोरै भएपनि मुल्याङ्कन गर्नै पर्छ । हाम्रो समाजमा जब कुनै आपत पर्छ त्यसबाट आर्थिक सङ्कलन गर्ने मौका ढुकेका असामाजिक तत्वहरूपनि भेटिन्छन् । कयौं रोएका छन् कसैले त्यो विपतकोवेलामा सहयोग गर्नुको सट्टा कसरी त्यो आइपरेको प्रकृती प्रकोप वा कुनै आन्दोलन् तोडफोड हुंदा सामानहरू लुट्ने प्रयास गरिरहेका हुन्छन् । यसमा सरकार सचेत हुनुपर्छ ।
जेन्जी आन्दोलनमा कसैले आगलगी गरे कसैले मौका छोपेर सामान लुटे । कोही कैदीहरूलाई छुडाए कसैले सरकारी बन्दुक लुटे । बाढीको विपदमा पनि लुट्नेहरू देखिए, मानवता मरेतुल्य देखियो । अहिलेको यो बाढी पहिरोमा पनि कयौं मृत महिलाको कानबाट उनिहरूले लगाएको सुनका गहनाहरू झिकेको भिडोयो देखियो, पानीमा तहरिरएका ग्यास सिलेण्डरहरू समेत आफ्नो कब्जामा लिने गरेको देखियो । बैंकको लकर फोडियो, जो खोसाखोस, बाँडचुँड गरेको देखियो ।
यस्ता लुटेरा तत्वहरूका कारण नेपालमा मानवीय संवेदन हराउँदै गएको अनुभूत गर्न सकिन्छ । यस्ता दृश्यले गर्दा सिङ्गो नेपाली समाजको बद्नाम भएको छ । सबै मानिसहरू मरेर जाने हो । हामी सदियौं जीवित रहन सक्दैनौं, उनिहरूले लुटेको समानपनि यही रहने हो । तर उन्ले कमाएको यो बद्नामी इतिहास बनेर जीवित रहने छ ।
यस्तो आइपरेको विपतमा सके सहयोग गरौं नसके यसरी मृतकको गहना नै झिक्ने गल्ती नगरौं । आज सारा देश रोएको छ, यस्तो अबस्थामा मुहार पुस्तिकामा खुसिका खबरहरू अवलोड नगरौं । देश शोकमय छ । नाचगान गरेका दृश्यहरू नराखौं । हामी सबै नेपाली आमाका सन्ततीहरू जहँ जसलाई परेपनि हामी सबैको साझा दुःख हो । हामी सबै शोकमा छौं । देश शोकमा छ । यो समय नेपाली एकता कायम गर्ने, सकेसम्म सहयोगी हात बढाउने र यो विपद्सँग जुध्ने र पीडामा परेकालाई साथ र सहयोग दिने समय हो ।
नेपाली त्यसै पनि मानवीय संवेदन भएको जाति हो । यो जातिलाई जतिसुकै राजनीतिले गिजोले पनि नेपालीमा भएको राष्ट्रियता, एकता र मानवीयता मर्न सक्दैन, मर्न दिनुहुन्न ।