Advertisement Banner
Advertisement Banner

०४ बिहिबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

छोरीलाई दिने शिक्षा, छोरालाई पनि दिऔं

०४ बिहिबार , भाद्र २०८३११ घण्टा अगाडि

छोरीलाई दिने शिक्षा, छोरालाई पनि दिऔं

नेपालमा बलात्कारका घटनाहरू न्यून हुनुको साटो झन् झन् बढ्दै गइरहेको बिभिन्न तथ्यांकले देखाएको छ ।ऐले त झन् दैनिक जसो बलात्कारका घटनाहरू सुनिन्छन् । अझ सामूहिक बलात्कारका घटना झन् बढ्दो रूपमा मौलाएको जस्तो देखिन्छ ।उमेरको त हद नै छैन । सात महिनाको बच्ची देखी सतहत्तर बर्षका बृद्धा समेत बलात्कारको शिकार बनेकाछन् ।
छोरीहरूको सुरक्षित स्थान कहां हो थाहा नै छैम । आफ्नै जन्मदिने बाउसंग सुरक्षित छैनन् । स्कूल,कलेजमा अनेक प्रकारबाट प्रताडित छन् । संसारमा सबैभन्दा मान्यजन भनेका मातापिता, गुरू हुन् भनिन्छ तर आजकलका केही गुरूहरू गोरू बनेकाछन् ।
बहिनीको रक्षार्थ मुठी उठाउने दाईभाईबाट असुरक्षित छन् दिदीबहिनीहरू । आफ्नो यौनप्यास मेटाउन दिदीबहिनीको शरीर च्यात्ने दाजुभाईका काला करतुत मिडियामा छरपष्ट छन् । आफन्तहरू–काका,मामाबाट पनि नानीहरू लुछिएका छन् । छिमेकीबाट बलात्कार गर्ने र मारेर फालेका घटनाहरू त कति हो कति ।धार्मिक क्षेत्र,मन्दिरका पुजारी, कथावाचक पण्डितहरूबाट पनि यस्ता कुकृत्यको पर्दाफास भएका छन् । अब सोचनिय बिषय यो छ की छोरीको लागि सुरक्षित स्थान कहां हो?घरबाट खेल्न,स्कूल पढ्न,छिमेकीकहाँं जांदा घरमा सकुशल फर्ने टुंगो छैन । घरमा बस है भनेर काममा गएर आउंदा छोरी सकुशल हुन्छे वा हुन्ने टुंगो छैन । लाग्छ चारैतिर नंग्रा फिंजाएर छोरीको शरिर च्यात्न तम्तयार छ अपराधी । सबैभन्दा जोखिमपूर्ण घटना घरपरिवार वा नजिकका आफन्तहरूबाट नै घटेकाछन् । परिवार तथा बालबालिकाका केही यस्ता बिशेषता हुन्छन् जसले बाल यौन दुब्र्यावहारलाई निकै बढाउने काम गर्छ । फोन इन्टरनेटले गर्दा यस्ता कृयाकलाप बढी हुने गर्दछ । लुकेर अश्लिल भिडियोहरू देखाउनु,यौनजन्य कुराहरू गर्नु,अस्वभाविक रूपले शरिरमा छुनु जस्ता कृयाकलापले घटनाहरूको बढोत्तरी हुने गर्दछ ।
परिवारको कारण धेरै बालबालिकाहरू यौन शोषणमा परेको हुन्छन् । बाबाआमासंगै बस्ने बालबालिकामाथी यस्ता घटना कम हुन्छन् ।सौतेनी आमा वा सौतेनी बाउसंग बस्ने, संरक्षण केन्द्रहरूमा बस्ने वा आफन्त पर्नेहरूकहाँ बस्ने बालबालिका धेरै नै यौनहिंसाको शिकार बन्छन् । यस्ता घटनाहरू हामीले दैनिक सुन्दै र हेर्दै आएका छौं । ऐलेको अवस्थामा त धार्मिक संरक्षण संस्थाहरूमा पनि बालिकाहरू यौनहिंसामा परेका घटनाहरू बाहीर आइरहेका छन् । यो देखिएका घटना तथ्यांकले आफ्ना जैविक बाआमासंग बस्नेहरू भन्दा दश गुणा धेरै अरूसंग बस्ने बालिका शिकार बनेकाछन् । हामीले सुनेका वा देखेका यस्ता घटनाहरू ७ बर्ष देखी १३ बर्षका बालिकाहरूमा अत्याधिक धेरै भएको पाइन्छ । यस प्रकारका घटनाहरू घट्नुमा उमेर पनि केही हदसम्म कारक तत्व हो । ६ बर्षको बच्चाहरूमा मिठाई चकलेटको लोभ त हुन्छ नै त्सको फाइदा सजिलै गलत ढंगले उठाउँछ अपराधीले । बिशेषत सचेत हुनुपर्ने कुराहरूमा अभिभावकको लापरवाही पनि केही कारक तत्व हो । सहजै विश्वास गर्नु, निसंकोच गलत धारणा बोकेको मान्छेसंग नजिक हुनु, उसको आशयलाई बेमतलव गर्नु आदी ।
गलत दृष्टिकोण लिएर हिंडेका पिपासुहरूले बालिकालाई देख्नासाथ लोभलालच देखाउने, अनावस्यक मायाको नाटक गर्ने,आफ्नै मान्छे हो भन्ने भ्रम छरिदिने,शरिर बिनाकारण सुम्सुम्याइदिने अनेक प्रकारले आफ्नो नजीक बनाउँंदै जान्छ । मौकाको खोजीमा रहेको त्यस्तो ब्यक्तिले ठाऊं नियाली रहेको हुन्छ ।उपयुक्त ठाऊं पाउनासाथ शिकार गर्छ । पाकिस्तानको करांची शहरमा हालसालै घटेको ऐजल काण्ड यसरी नै घटेको थियो । अठार महिनाकी बच्चीलाई बहिनी भनेर खेलाउने आफन्त केटाले नै दुष्कर्म गरेर मार्यो । यस्ता घटनाहरू जहां पनि घट्न सक्छन् त्यसैले नानीहरूलाई अरूको काखमा सुरक्षित नदेख्ने गरौं । केही महिना अगाडी भारतको राजस्थान जयनगरमा एकजना तेह्र बर्षकी नानीलाई बत्तिस जना दरिन्दाले पांचदिनसम्म रेप गरे । अटो वालाले घर पुर्याईदिने भनेपछी उनी अटोमा बसेकी थिइन् । त्यसपछी होटलमा बन्धक बनाएर लगातार बलात्कार गरे । सम्झना कामी, गुलाब खातुनहरू बलात्कार पछी मारिए ।यत्रो घटनाहरू सुनेपछी पनि हाम्रो होस किन खुल्दैन ?
अभिभावकहरू सचेत नहुने हो भने यस्ता घटनामा अझ तिब्र बढोत्तरी हुनेछ । बलात्कारमा सामेल प्राय जसो कच्चा उमेरका केटाहरू हुने हुनाले जुन शिक्षा हामी छोरीलाई दिन्छौं त्यो शिक्षा छोरालाई पनि दिने गरौं ।रात आफ्नो होइन भन्ने कुरा छोरालाई पनि सिकाउने गरौं । केटीहरू वा साना नानीहरूसँग नजिक हुनुहुँदैन भनेर सिकाउने गरौं ।अर्कालाई बिना कारण दुख दिनुहुदैन, अर्काको पिडामा हास्न हुदैन, तिमीबाट गल्ती भयो भने कुलको ईज्जत जान्छ भनेर सिकाऔं । नराम्रो कर्मको फल नराम्रै भोग्नुपर्छ भनेर सिकाऔं । अर्काको घरमा जानु हुदैन भनेर सिकाऔं ।केटीहरूसंग जिस्किनु हुदैन भनेर सिकाऔं । जे जे जति छोरीलाई अर्ति दिने गर्छौं ती सबै अर्ति छोरालाई पनि दिने गरौं ।
छोराछोरी स्कूल जांँदा आउंदा प्रयोग गर्ने बाटोमा निगरानी गरौं । होम ट्युशन राख्दा ढोका खुला राखेर पढाउन भन्नुस् । आफन्त भनेर आएकाहरू सबै खराब हुंदैनन् तैपनि उनीहरूको ब्यावहारमा पनि निगरानी गरौं । कसैले बिना सर्त सहयोग गरेको छ भने पनि सचेत रहनुस् । घरका छोरी साना हुन् वा ठूला आमाको काख बाहेक सुरक्षित छैनन् ख्याल गर्नुस् । छोरी बचाउन गाह्रो समय आइसक्यो । छोरा र छोरीलाई नैतिकशिक्षाको कमी भएको छ, सरकारले पनि सोचोस् ।
स्कूलमा गुड टच र ब्याड टच बारे राम्रोसंग शुरू कक्षादेखि नै सिकाइदिनुस ।आत्मरक्षाका तालिमहरू दिने गर्नुस ।बलात्कारजन्य घटना रोक्न तपाईं हामी सबैमा सकारात्मक सोच आउनु पर्छ ।