
पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले विपक्षी दलहरूलाई प्रश्न गरेका छन्– एक्लाएक्लै हिडेर कहाँ पुगिन्छ ? यो समय जेनजीको काँधमा चढेर देशलाई अँध्यारो युगतिर फर्काउने षड्यन्त्र र नयाँ द्वन्द्व सिर्जना हुनसक्ने खतरातिर चिन्ता गर्नुपर्ने हो । संघीयता र गणतन्त्रप्रति प्रतिवद्ध दलहरू एकढिक्का हुनुपर्ने बेलामा आआफ्ना विवाद र बाटो समात्नु बिडम्बनापूर्ण परिदृश्य देखिनु बिडम्बनापूर्ण छ । पूर्वप्रम भट्टराईले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रलाई संविधानका चार आधारस्तम्भ हुन् भन्दै यीमध्ये कुनै एक कमजोर भए समग्र संरचना धरापमा पर्नसक्ने र यसो भयो भने नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि समेत चुनौती आउन सक्ने खतरा देखाएका छन् ।
भट्टराईले अलग भेला गरेर म हिन्दु हुँ भन्दै कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले ‘धर्म भाकेको’ प्रसङ्गलाई इङ्गित गर्दै ‘दालमा केही कालो’ भनेका छन् ।


