Advertisement Banner
Advertisement Banner

२४ बुधबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

देउवा समूहले १५औं महाधिवेशन गर्ने

०२ मंगलबार , भाद्र २०८३२२ दिन अगाडि

देउवा समूहले १५औं महाधिवेशन गर्ने

देउवा समूहको भेला, भेलालाई सम्मेलनको स्वरूप दिएपछिको निष्कर्ष छ– सभापति शेरबहादुर देउवाकै नेतृत्वमा १५औं महाधिवेशन गर्ने, यसका लागि शशांक कोइरालाई संयोजक तोकिएको छ । अदालतको फैसला कहिले आउने र आधिकारिकता प्राप्त हुने ? प्रश्नका वीच संस्थापनका सभापति गगन थापा समूहलाई अन्यायी सावित गर्न वीपीका अनुयायी देउवाको नेतृत्व र वीपी पुत्र शशांकको संस्थापन इतरको महाधिवेशनको संयोजक हुनु वीपी नीति विपरित भएको विश्लेषण भइरहेको छ । धेरैले यो स्थितिलाई कांग्रेसभित्र अर्को नाटक मञ्चन र कर्मकाण्ड सुरू भएको अर्थमा पनि हेरेका छन् ।
देउवा समूहको सम्मेलनले ५ निर्णय गरेको छ– १. देउवाकै नेतृत्वमा १५औं महाधिवेशन गर्ने, पार्टी एकतावद्ध पार्ने । २. मेलकिलापको नीतिलाई ध्यानमा राखेर लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गरी लोकतन्त्र सुदृढ पार्ने, ३. सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने, ४. वर्तमान संविधानमा जनअपेक्षा बमोजिम आवश्यक संशोधन गर्न सबैसँग संवाद गर्ने र ५. २०८३ साउन ३० र ३१ गते भएको राष्ट्रिय सम्मेलनको लेख्ने जिम्मेवारी उमाकान्त चौधरी, सीता राना, मीन विश्वकर्मा र दीपक कुइँकेललाई दिने ।