
गत भदौ २३, २४ को जेनजी बिद्रोहमा सपरिवार पिटाई खाएर औषधोपचारका नाममा विदेश भागेका कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २८ गते विहीवार स्वदेश फिर्ता भएका छन् । देउवा विदेशमै हुँदा (छोरा र श्रीमती) नेपाल सरकारले इन्टरपोल मार्फत पक्राउ गर्न अनुरोध गर्दा इन्टरपोलले अस्वीकार गरेको थियो । अझ सम्पत्ति शुद्धीकरणको मुद्दामा पत्नी डा.आरजु देउवा र छोरा जयवीर देउवालाई समेत पूर्जी काटिएको थियो । सरकारको केही सिप लागेन । अचम्म, देउवा एक्लै भए पनि नेपाल फर्किएका छन् र देउवामाथि कुनै पक्राउ वा सोधपूध केही गरिएन । पूर्व प्रम तथा कांग्रेस सभापति देउवाले चुनदेवीस्थित समानान्तर कांग्रेस कार्यालयको बरण्डाबाट सरकारलाई हाँक दिइरहे, ल कोही छ ? भन्ने आशयका साथ । नेपाल सरकार मूकदर्शक बनिरह्यो । अर्थात् देउवा साह्रै शक्तिशाली छन् अथवा पहिले ओली, लेखकलाई पक्राउ गरेको जनतालाई देखाउने स्टण्टबाजीमात्र थियो वा रास्वपा र कांग्रेसवीच भित्री गोप्य सहमति बनिसकेको छ । अन्यथा रेड कर्नर नोटिस जारी गरिसकेको सरकारले देउवामाथि किन कुनै कारवाही अघि बढाएन त ?
विश्लेषक भन्छन्– देउवालाई सुरक्षासहित घरसम्म पु¥याइदिनु भनेका देउवा चोखा रहेछन् । यसकारण बालेन सरकारले देउवासँग माफी माग्नुपर्छ । यदि देउवालाई सुरक्षा दिनुपर्ने रहेछ भने पक्राउ गर्ने झूठो प्रचार किन गराएको ? उनीसँग सम्पत्ति शुद्धीकरणसहितका विषयमा सोधपूछ गर्नुपर्ने भए किन विमानस्थलबाटै पक्राउ गरिएन ? भन्नेहरू भन्छन्– केही दिनमै देउवासँग सोधपूछ हुनेछ ।
कांग्रेसीजन नबिच्किउन् भनेर सरकार नरम भएको हो । केही दिनमै सोधपुछ, पक्राउ गर्नेजस्ता कार्य हुनसक्छन् । जे होस्, जेनजी विद्रोहका बेला उनको निवासमा भेटिएको, जलेको नेपाली र विदेशी नोटहरूका बारेमा देउवाले सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित भएर बयान चैं दिनैपर्ने हुनसक्छ । यदि देउवा पश्चिमा शक्ति लगाएर ५ महिनापछि काठमाडौं उत्रिएका हुन् भने सरकारले केही गर्न सक्नेछैन । सरकारले बरू देउवासँग माफीमाग्नुपर्ने स्थिति आउनसक्छ । पहिला दोषी देखेर अन्तर्राष्ट्रिय रूपमै मानमर्दन गर्न उत्रेको बालेन सरकारले अब त्यस्तो दोष, दबाब र प्रभावमा परेर उल्टो सुरक्षा दिन्छ, देउवालाई भने, त्यो अवस्थामा बालेन सरकारले माफी माग्नैपर्नेछ । ५ पल्ट मुलुकको प्रधानमन्त्री भइसकेको व्यक्ति पो हो देउगा । अब नैतिक प्रश्न बालेन सरकारमाथि सोझिएको छ । अघि ओली र रमेश लेखकलाइृ पुछताछका लागि पक्राउ गर्दा, अदालतले हिरासतमा बस्नुनपर्ने भन्दा ती दुबै छुटे । तर देउवालाई त यत्तिसम्म पनि गरिएन । नेपाल आएर प्रमाण नष्ट गर्न देउवालाई अब समय मिलेको छ । त्यो चिन्ता सरकार र उसका अंगहरूलाई भएको देखिएन । देउवाले जेसुकै गरून्, बालेन सरकारलाई फरक नपर्ने देखियो । मानौं देउवा सम्पूर्ण आरोपहरूबाट बरी भइसके । जानिफकारहरू भन्छन्, जतिसुकै देउवाले स्वास्थ्योपचारको कुरा गरेता पनि, उनी पक्राउ पर्नेडरले नै भागेका हुन् । यदि त्यस्तो डर थिएन नेउनकी पत्नी र पुत्र किन नेपाल फर्किन सकेनन्, सार्वजनिक भइरहेका छैनन् ? सरकारले अहिले दबाब र प्रभावमा आँखा चिम्लियता पनि देउवा र उनको परिवारले बिगतमा काण्डहरू गरेकै हुन् । पहिलोपटक सिंगापुरबाट स्वास्थ्य उपचार गरेर फर्केपछि सानेपा कांग्रेस बैठकमा भाग लिएकै हुन् । । चुनाव नजिकिदै जाँदा ४ दिनअघि मात्र सुइँको पाएर उनी चुपचाप सिंगापुर, हङकङ तर्फ हान्निएका थिए । बाहिर बसेर उनले गगन नेतृत्वको कांग्रेसलाई हराउन भूमिका खेलेको पनि सार्वजनिक भइसकेकै हो । अझ कांग्रेसकै केहलिे उनी आफ्नो अवैध सम्पत्तिको व्यवस्थापन गर्न गएको भनेका छन् । उनी र उनको पत्नीले बिगतमा राष्ट्रिय सम्पत्तिहरू लुटेको, भ्रष्टाचार गरेको, नेपाललाई भूटानी बनाएर विदेश पठाएकोजस्ता अनेक काण्डहरूबारे छताछुल्ल भइनै सकेको छ । यी सबै काण्डहरूको फाइल बालेन सरकारले खोलेर अनुसन्धान गरिनै रहेको छ । केही आरोपितहरू त अदालतबाट समेत पुष्टी भएर दण्डित भएका छन् । सायद अब पालो कांग्रेस र नेकपा सभापतिद्वय शेरबहादुर देउवा र प्रचण्ड तथा माधवकुमार नेपालको रहेको छ । यसकारण यी तिनै पूर्वप्रधानमन्त्रीहरू त्रसित छन् । बालेन बिरोधीहरूले बालेन सरकारमाथि स्टन्ट गर्ने गरेको, लोकप्रियतावाद हाली भएको आदि आक्षेप लगाएर बालेन सरकारलाई कारवाहीका लागि उक्साइरहेका छन् । जुनजुन आरोप र काण्डहरू बाहिर आएका छन्, ती सबै सत्य सावित हुने देखिएको छ । अन्तमा भन्नैपर्छ, या त देउवा र अन्य भ्रष्टहरूलाई अनुसन्धान र कारवाही गर । अन्यथा पुराना भ्रष्टहरूसँग माफी माँग । के गर्नेछन्, प्रम बालेन साहले हेरौं केही दिन ।


