
रास्वपा फुट्यो, फुट्यो भनेर प्रतिपक्षीले सडकमा निकै झ्याली पिटे, तर साउन २४ गते पार्टी सभापति रवि लामिछाने र प्रम बालेनवीच घण्टौं गोप्य वार्ता भएको छ । प्रम बालेन साहले एक्लै लड्नुपरेको स्टाटस हालेपछि भएको यो वार्ता र त्यसपछि सभापति लामिछानेले कमजोरी सच्याइनेछ, प्रधानमन्त्रीसँग म छु भनेर सार्वजनिक अभिव्यक्ति दिएका छन् । बालेनको भारत र रविको चीन भ्रमणका बारेमा पनि छलफल भएको छ । जेहोस्, प्रतिपक्षीहरूले जतिसुकै आलोचना गरे पनि प्रम बालेन रविको साथ र सहयोगले अझ मजबुत भएको विश्लेषण भइरहेको छ ।
मधेशवादी एकता ः मर्नुभन्दा बौलाउनु निको
फागुन २१ को चुनावपछि अस्तित्वको संकटमा रहेका मधेशवादी, पश्चिमको थारू नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, पूर्वी खम्बुवान राष्ट्रिय मोर्चा र प्रलोपा समेतले मोर्चाबन्दी गरेर अघ बढ्ने निर्णय गरेका छन् ।
यो मोर्चामा उपेन्द्र यादव, डा.सीके राउत, प्रभु साह, रेशमलाल चौधरी, सन्तोष परियार, रिजवान अन्सारी, डा.हरिनन्दन कुमार रञ्जन र रामकुमार राई रहेका छन् । यो मोर्चामा महन्त ठाकुर, जनार्दन शर्मासमेत जोडिएका छन्


