१४ घण्टासम्म लोडसेडिङ भएको राजधानीमा एकाएक कूलमान घिसिङ कार्यकारी नियुक्त हुनासाथ लोडसेडिङबाट मुक्ति नै मिल्यो। के भएको यो?
विद्युतका कुनै नयाा योजना सम्पन्न भएर विद्युत आपूर्ति भएको होइन। भारतबाट आयात गरिएको पनि छैन। जे थियो, त्यसैलाई व्यवस्थापन गरेर लोडसेडिङ मुक्ति गर्न सकिने रहेछ त यो चमत्कार भयो कसरी?
कूटनीतिक वृत्त र आमनागरिक दुबै आश्चर्यमा छन्। एउटा व्यक्तिले यसरी व्यवस्थापन गर्न सक्ने रहेछ त अयोग्यलाई किन मौका दिइरहेको? कूनमानजस्ता नैतिकवान र क्षमतावानहरु कहाा कहाा छन्, खोजेर जिम्मा दिनुपर्यो र अहिलेसम्म जनतालाई लोडसेडिङमा राखेर वर्षौंदेखि जुन जुन प्राधिकरणका अधिकारीले दुःख दिएका छन्, कमिशनमा फसेर भ्रष्टाचार गरेका छन्, ती सबैलाई पाता फर्काएर जनताका सामु दण्डित गर्नुपर्छ। प्रचण्ड सरकार, जनताका दुश्मन, इन्भर्टर, मैनवत्ती, ब्याट्रीका बजार गुल्जार गर्ने प्राधिकरणका दोषीहरुलाई दण्डित नगर्ने हो भने भोलि भोलि पनि भ्रष्टाचार गर्ने तिनको हौसला बढ्नेछ। यसकारण जनताका शत्रुलाई नङ्ग्याउनैपर्छ।
कूलमान काम गर
काठमाडौं उपत्यका केही सातादेखि झलमल्ल छ। सर्वसाधारणको घरमा बिजुली बत्ती गएको छैन। विद्युत्बाट हुने काम सबैले निस्पि्कक्रीसाथ गर्न पाएका छन्। समग्रमा भन्दा राजधानीका वासिन्दा धेरै वर्षपछि लोडसेडिङको मारबाट मुक्त भएका छन्। उपत्यकामा भएको यो अप्रत्यासित परिवर्तन विद्युत् थपिएर होइन। भएकै विद्युत्लाई व्यवस्थापन गरेर भएको हो। यसको सुरुवात गरेका छन्, विद्युत् प्राधिकरणका नवनियुक्त प्रमुख कुलमान घिसिङले। त्यसैले यो कामको जस स्वाभाविक रूपमा उनैलाई जान्छ। घिसिङका ठाउामा हिजो अरू नै प्रमुख बनेर बसेका थिए। तर, उनीहरूमध्ये कसैले पनि काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त गर्न चाहेनन्। बरु, प्राधिकरणको विद्युत् प्रभाविशालीका घरमा वितरण गर्नमा उद्धत रहे। तर, घिसिङले त्यसो गर्न चाहेनन्। प्रभावशालीहरूका घरमा वितरण गरिएका लाइन काटे। काटिएको लाइन सर्वहितमा प्रयोग गरे। परिणामस्वरूप उपत्यका लोडसेडिङमुक्त बनेको छ। घिसिङले सुरु गरेका यी कामबाट केही आत्तिएका छन्। विशेष गरी प्राधिकरणकै कर्मचारी यो सूचीको अग्रपंक्तिमा छन्। उनीहरूले घिसिङको कामको विरोध मात्रै गरेका छैनन्। घिसिङलाई कार्यालय नै प्रवेशमा रोक लगाउने सम्मको हर्कत गर्न भ्याएका छन्। प्राधिकरणका कर्मचारीमा देखिएको यो सााढे प्रवृत्ति विस्तारै जनतासामु उदांगिएको पनि छ। उदांगो हुन जरुरी पनि छ। किनकि मुलुक बिग्रिएको यही सााढे प्रवृत्तिले हो। यो प्रवृत्तिको अब अन्त्य हुन जरुरी छ। घिसिङले पछिल्ला दिनमा केही नयाा योजना पनि सार्वजनिक गरेका छन्। ती योजना आफंैमा साहसी छन्। उनले भनेका छन्,'उपत्यका अब सधंैका लागि लोडसेडिङमुक्त हुनेछ।' यो अत्यन्तै सराहनीय काम हो। योसागै उनले विद्युत् आयोजना नेपाली लगानीमै निर्माण गरिने नयाा योजना पनि सार्वजनिक गरेका छन्। उनको यो पनि प्रशंसा योग्य काम हो। मुलुकका लागि धेरै घिसिङको आवश्यकता छ। त्यसैले हामीले घिसिङजस्ता कर्मचारीको कामलाई सघाउन जरुरी छ। सागै सााढे पल्टिएका कर्मचारीलाई कारबाही गर्न आवश्यक छ। यसो हुनसके मुलुकको हित हुनेछ। सर्वसाधरणले सेवा पाउनेछन्।


