
थामिन त थामिन्छ, असर र प्रभावको लेखाजोखा नै गर्न सकिन्न । हो, सुनसरीको सीमावर्ती देवानगञ्चको कप्तानगञ्जबाट फैलिएको साम्प्रदायिक दंगाको ज्वारभाटा अहिले केही मत्थर भएजस्तो देखिए पनि यो दीर्घकालीन शान्ति चै पक्कै होइन । अझ साथसाथ बस्दै आएका, एकअर्काको रमजान, बकरीद, दुर्गापूजा, सरस्वती पूजा सधैं सँगै मनाएर खुशीयाली साट्दै आएका हिन्दु मुस्लिम नेपालीहरूका वीचमा कसले यो घृणा र नफरतको बीउ रोपिरहेछ ? मुख्य जड त्यहाँ छ । अहिले सुनसरीमा भयो, हिजो नेपालगञ्जदेखि सिराहा, सप्तरी, धनुषतिर पनि यस्तै दंगा फसाद हुँदै आएका थिए । दुई चारदिन यस्तो दंगा भएपनि बल्ल केन्द्रको सरकारले हस्तक्षेप गर्छ, मृतक र घाइतको परिवारलाई राहत वितरण गछृ अनि त्यसपछि जसले आगो सल्काएको हो, तिनीहरू अर्थात स्थानीय राजनीतिक दल एवम् स्थानीय संघसंस्थाहरूले सद्भाव ¥याली निकाल्छन्, खेल समाप्त हुन्छ । अहिलेसम्म भइआएको यही हो । बाहिरबाट हेर्दा त्यस्तै देखिन्छ । केहीको भनाइमा बाहिरबाट हेर्दामात्र स्थानीयहरूले लडेको देखिएको तर द्वन्द्वको कथा पटकथा त सीमापारि अझ सात समुद्रपारीबाटै तैयार भएर आएको हुन्छ । त्यसमा संवाद, संगीत भर्ने काम स्थानीय विपक्षी दलहरूले गर्छन् र पात्रहरूको भूमिकाको चयन पनि स्थानीय विपक्षी दलहरूले नै गर्छन् । कसले पहिलो प्रहार गर्ने हो ? त्यसको निक्र्याएल स्थानीय विपक्षी दलका नेताहरूले गोप्य रूपमा गर्छन् । वर्षौदेखि लखनौं लूट मच्चाउँदै आएकाहरू बालेन सरकार पोल्नसम्म पोलेको छ । यिनैले विदेशी सहयोग लिएर धार्मिक हिंसा फैलाएकोमा कतिपय जानकारहरू विश्वस्त छन् । जसरी पनि रास्वपाको सरकार गिराएर आफ्नो पुरानो हालीमुहाली चलाउनु यिनको उद्देश्य हो ।
प्रत्यक्षदर्शीहरूका अनुसार सुनसरी, सिराहा,जनकपुरका चोकहरूमा तोडफोड गर्ने, आगजनी गर्नेमा स्थानीय एमाल, कांग्रेस, नेकपा र मधेशवादी दलसँग आबद्धहरू नै थिए । विदेशीले त हिंसाको चलचित्र बनाउन लगानी गरिदिनेमात्र हो । बाँकी काम यहीँका पुराना गुण्डाहरूले गर्ने हुन् । अहिले पनि भएको त्यही हो ।
बालेन्द्र साह हर्कतमा आएका छन्, उनले पक्कै यसतिर ध्यान दिएकै होलान् । सुनसरीदेखि जनकपुरसम्मको दंगामा भारतीयको हात देखिएको छ । प्रहरीले गोली हानेकै होइन भनिदैछ, गोली हान्ने छद्मभेषी को थियो त ? भनिदैछ, स्थानीय झगडाले हिंसाको डढेलो लागेको यो पहिलोचोटि हो । बालबमका लागि यसरी भजन, गानाबजाना गरिन्थ्यो, यस्तो हिंसा कहिले भएको थिो । अहिले पनि किन भयो त ? हिजोका दिनमा छिटफुट घटना हुन्थ्यो, त्यही सल्टाइन्थ्यो । यसपल्ट पुराना दलका लुटेराहरूले रास्वपाको सरकारलाई बदनाम गर्न, ढाल्न हिंसाको आगोमा घ्यू थप्ने काम गरे । बुझ्न सकिन्छ, पुराना दलहरू जो विपक्षी छन्, तिनले सडक र संसदमा बिरोध गरिरहेका थिए । लाख प्रयत्न गर्द पनि रास्वपा फुटाउन, प्रमलाई राजीनामा दिन बाध्य पार्न नसकिएपछि यो नयाँ षडयन्त्र रचिएको हुनसक्ने आँकलन गरिएको छ । यथार्थ के हो, सरकारले सार्वजनिक गर्ला नै ।
सरकारले सहमतिको लागि प्रयास गरेको छ । धार्मिक नेता र पार्टीहरूले पनि धार्मिक र जातीय हिंसा रोक्न आह्वान गरेका छन् । अब पनि बालेन्द्र सरकारलाई असक्षम र नाकारा सिद्ध गर्ने चालबाजी भइरहेको छ । केहीले स्थानीय गुण्डा लगाएर खूनका बदला खून भन्ने नाराबाजी गर्न लगाइरहेका छन् । यो अराजकता फैलाउने र सरकारलाई असफल पार्ने जालसाजी हो । देशको शान्ति र सद्भाव बिथोल्न खोज्नेहरू जो हुन्, सरकारले कडाभन्दा कडा कारवाही गर्नुपर्छ । मधेशवादी दलहरूले जिरह गरेपछि प्रम बालेन्द्र साहले आफू हिन्दूराष्ट्र कायम गर्ने र संघीयतता खारेज गर्ने पक्ष्ँमा नरहेको भनेर भन्न बाध्य भएका छन् । बालेन्द्र साहले हिन्दुराष्ट्र कायम गरे राजतन्त्र पुर्नस्थापना हुने खतरा रहेकाले आफू त्यो पक्षमा नरहेको भनेपछि पुराना दलहरू गद्गद् खुशी भएका छन् । के यत्तिको लागि अराजकता र हिंसाको होली खेलिएको थियो त ? यसबाट पनि थाहा हुन्छ, षडयन्त्र जारी छ ।
प्रष्ट छ, बालेन्द्र साहले कार्यकारी प्रधानमन्त्रीको जसरी काम जो गरिरहेका छन्, त्यसबाट पुराना दलहरूलाई छटपटी भइरहेको छ । एकातिर आफ्नो सत्तास्वार्थ खोसिएको छ, अर्कोतिर दुई तिहाइको सरकारले संविधान संशोधन गर्दा संघीयताको खारेजी, राजतन्त्र र हिन्दुराष्ट्रय कायम गरिदिए सदाका लागि राजनीतिक सफायाको स्थितिमा पुग्नुपर्ने डरले पुराना दलहरूलाई सताएको सहजै बुझ्न सकिन्छ ।
पूर्वराजाको सन्देश आएको छ, नेपालीहरू मिलेरै बसौं भन्ने आह्वान छ । पुराना दलहरू सरकारलाई घेरावन्दीमा पार्दैछन् । जनता हिन्दुराष्ट्र र राजतन्त्रको माग गरिरहेका छन्, पुराना दलहरू अराजकता फैलाएर लाभ लिन खोज्दैछन् ।


