Advertisement Banner
Advertisement Banner

१३ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

कांग्रेस नै भन्छन्– संवैधानिक राजतन्त्र

१२ मंगलबार , श्रावण २०८३एक दिन अगाडि

कांग्रेस नै भन्छन्– संवैधानिक राजतन्त्र

बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसका नेता शंकर भण्डारीले पुनः दोहो¥याएका छन्– नेपालका सन्दर्भमा संवैधानिक राजतन्त्र अत्यावश्यक रहेको छ ।
भण्डारीको भनाइ छ– वीपीको नाम लिएर मात्र हुँदैन, २०३३ सालको वीपीको नीति पनि बुझ्नुपर्छ । राष्ट्रका सबै राजनीतिक शक्तिलाई एकीकृत गरेर राष्ट्रको स्वाधीनता र अखण्डतालाई बलियो बनाउन सकिन्छ । त्यसर्थ संवैधानिक राजसंस्था पनि देशको लागि आवश्यक छ ।
स्मरणीय छ, वीपीले किन प्रजातन्त्र र राजसंस्था साथसाथै लैजानुपर्छ भनेर अडान राखेका रहेछन्, आज प्रत्येक कांग्रेसले बुझ्नुपर्छ र राजसंस्थासहितको प्रजातान्त्रिक नीति लिनुपर्छ ।