
रास्वपा सरकारले देशका सातै प्रदेशमा महिलाहरूका लागि निशुल्क ‘ब्लु बस’ सञ्चालनको अन्तिम तैयारी गरेको छ । बालेन सरकारको सय दिने कार्यसूचीमा महिलाको सुरक्षित, सहज र सम्मानजनक आवागमन सुनिश्चित गर्ने योजना छ ।
कम्तिमा २५ वटा बस सञ्चालन हुनेछन्, राजधानीमा साझा यातायातसँग सहकार्यमा ७ थान र मोफसलमा यातायात व्यवसायीसँगको सहकार्यमा ७ वटा बस सञ्चालन हुनेछन् । बस सञ्चालनको कार्यविधि, समय तालिका सहितको प्रशासनिक तथा प्राविधिक तयारी भइरहेको मन्त्रालयले जनाउ दिएको छ ।
आधुनिक सबै प्रकारका प्रविधियुक्त ब्लु बस सेवा क्रमिक रूपमा बिस्तार गर्दै लगिने छन् । ब्लु बस सेवाले विशेष गरी विद्यार्थी, श्रमिक, कर्मचारी तथा महिलालाई सुरक्षित र सहज यात्राको वातावरण उपलब्ध हुने सरकारको अपेक्षा छ । ब्लु बसको सेवाले सार्वजनिक यातायातमा महिलामाथि हुने दुव्र्यवहार तथा असुरक्षाको अनुभूति न्यूनीकरण गर्नसमेत सहयोग पुग्ने सरकारले विश्वास गरेको छ ।


