Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

बालेन बोलेपछि भ्रष्टहरू आतंकित

११ बिहिबार , असार २०८३३ महिना अगाडि

बालेन बोलेपछि भ्रष्टहरू आतंकित

असार ७ गते, गाडी रोकिन्न भनेर प्रम बालेन साहले दिएको भाषण र सभापति रवि लामिछानेले भटाभट गोल हान्नोस्, मेरो खुट्टामा बल आइहाल्यो भने पनि बालेनकै खुट्टामा पास दिने जिम्मा मेरो भनेर छाती ठोकेपछि सम्पत्ति छानबिनदेखि भ्रष्टाचारका फाइल खुल्ने क्रम बढ्ने संकेत पाएका ०४६ सालपछिका भ्रष्टाचार गरेर अकूत सम्पत्ति जोडजाड गर्नेहरू आतंकित हुनपुगेका छन् ।
राहदानी प्रकरणदेखि आयल निगमको जग्गा खरिदमा स्वयम् अख्तियार प्रमुख राई फस्न पुगेका छन् भने पूर्व प्रम शेरबहादुर देउवा, डा.आरजु राणा फस्ने पक्की खबर सार्वजनिक भइरहेकै छन् । पतञ्जली र गिरिबन्धुको जग्गादेखि शेरा दरवार, बुढी गण्डकी, बालुवाटारको जग्गा प्रकरणमा को कति फस्ने हुन्, अनेक अनुमान हुनथालेको छ । प्रम बालेन साहले आफ्नो सुशासन कायम गर्ने र भ्रष्टाचारबिरोधी अभियान नरोकिने, अझ गतिमान हुने इसारा गरिसकेका छन् । स्रोतका अनुसार रातो पासपोर्ट र विदेशीलाई पासपोर्ट उपलव्ध गराउने, नागरिकलाई शरणार्थीका रूपमा बेच्नेहरू पनि छानबिनको दायरामा छिटै आउने भएका छन् ।