
सबै कुरा विषयान्तर भए । बीवाईडी गाडी, नेपालले भारतको जमिन मिचेको, अखितयारले छानबिन गर्नु भेर तोकेका व्यक्तिको पुनरागमन आदि । अहिले जल्दोबल्दो विषय भनेको २०५८ जेठ १९ गते भएको दरवार हत्याकाण्ड हो । भनिन्छ, जब जब सत्तासीन नेताहरू प्रतिलक्षित कुनै प्रश्न उठ्न थाल्छ, तब तब प्रश्नको विषयान्तर हुनछ । अझ अमेरिकामा त झन यो प्रचलन बढी छ । एपस्टिन फाइलको कुरा उठेपछि इरान अमेरिका युद्धको थालनी भयो । विश्वभरि यस्तै हुन्छ । मोनिका लेविन्स्की काण्ड बाहिरिएपछि बिल क्लिन्छनले अफगानिस्तानमा आक्रमण गरेका थिए । जेहोस्, नेपालमा पनि फेरि एकपटक त्यस्तो विषयान्तरको विषय भएको छ । खासगरी सुधन गुरूङले गृह मन्त्रालयको पुनः जिम्मेवारी पाएपछि । आफूप्रति चौतर्फी हमला नहोस् भन्नका लागि उनले पहिलो निर्णयहरू मध्ये राजदरवार हत्याकाण्डको पुनः छानबिन गर्ने बताएर वाहवाही लुटेका छन् । उनले अरू फाइलहरू पनि खोल्ने बताए । यसपछि सत्तासीनमाथि उठेको प्रश्नहरू ओझेल परेका छन् ।
दरवार हत्याकाण्ड र सम्पत्ति छानबिन सबैभन्दा बढी चर्चामा छ । गृह मन्त्रीले मात्र होइन, अर्थमन्त्रीले समेत तिमीहरूले के के ग¥यौ, हामीलाई पनि थाहा छ, सबै फाइल खुल्छ भनेर संसदबाटै भनिदिएपछि संसदको गतिरोध हटेको छ । अन्य फाइलहरू पनि खोििदने सत्तासीनको घोषणापछि संसद गतिरोधमा भूमिका निभाइरहेका कांग्रेस, एमाले, नेकपा र श्रम संस्कृति पार्टीहरूमा सनसनी नै फैलिएको छ । तिनीहरूको सातो गएको छ, तर्सिएर आफ्नो ठाउँमा, औकातमा आउनु स्वभावित नै थियो । गृहमन्त्रीको दरवार हत्याकाण्डको छानबिन र अन्य फाइल पनि खुल्ने तीरले अन्य धेरै ठाउँमा प्रहार गरेको छ । यसलई भन्छन्– सुझबुझपूर्ण राजनीति । अब गृहमन्त्री परिपक्वतातिर लागेको देखिन्छ । भन्नेहरू प्रतिपक्षी दलहरू राजा ज्ञानेन्द्रलाई समेत छानबिनको विषयमा मुछद्दैछन् । अझ एकथरि कांग्रेसीहरू त पुराना पत्रकार किशोर नेपालले यी सुदन गुरूङ निर्मल निवासका खास मान्छे भन्न पनि भ्याएका छन् । भन्नेहरूले जे भने पनि दरवार हत्याकाण्डको छानबिनको सुरूआत तत्कालीन गृहमन्त्री रहेका हालका राष्ट्रपति रामचन्द्र पौडेलको बयानबाट सुरू हुनुपर्छ भन्दैछन् । यो विषयले राष्ट्रपति असिनपसिन भइसकेका छन् ।
दरवार हत्याकाण्डको चिसो सर्बत्र अनुभूत गरिए पनि पूर्वराजा ज्ञानेन्द्रको कुनै भूमिका छैन भन्ने निश्चित मानिएको छ । उनी गलत भइदिएको भए देश छाडेर कहिले भागिसक्थे । देउवा दम्पत्ति भ्रष्टाचारको भूतबाट भागेका छन्, ओली ज्यान जोगाएर सेनाको संरक्षणबाट बाँचे, प्रचण्डको सातो अझै फर्केको छैन । यसकारण पूर्वराजा यो छानबिनबाट खुशी नै हुनुपर्छ । छानबिन गर्छु भनेर पछि हटेका एमालेका (हाल नेकपा) माधवकुमार नेपाल, प्रचण्ड, केही कांग्रेसी समेत दरवार हत्याकाण्डमा राजाका भाइ ज्ञानेन्द्रको हात त भनेर निकै हल्लाखल्ला गर्थे । तत्कालीन प्रधानन्यायाधीशको छानबिनलाई हावादारी भन्नेहरूले अबको छानबिनलाई त्यस्तो नकारात्मक प्रचार गर्न पाउने छैनन् । पत्रकार राजेन्द्र बानियाले पूर्वराजालाई भेट गर्दा आफूलाई नखाएको विषय लागको, यो काण्डको छानबिन नभइ म जाने भएँ भनेर दुखेसो पोखेको पनि मिडियामा आएको देखिएको छ । स्वयम् पूर्वराजा ज्ञानेन्द्रले देशका विभिन्न स्थानमा रिएका नागरिक अभिनन्दनहरूमा आफूलाई आफ्नो परिवारलाई यो हत्याकाण्डसँग जोडेर बदनाम गरिरहेको, आफू यो काण्डको निष्पक्ष छानबिन होस् भन्ने पक्ष्मा रहेको बताइरहनु भएको थियो । अब राजाले यसरी चुनौती दिएको पनि धेरै नै भयो । तर तत्कालीन पुराना दलहरूका सरकारहरूले कसैले पनि छानबिन गर्ने गराउने आँट गरेनन् । राजाको लोकप्रियता बढ्नासाथ यही दरवार हत्याकाण्डको चर्चा बाहिर ल्याएर तर्साउने, अपमानित गर्ने गर्थे । अहिले माहोल फेरियो । समय बदलियो । सत्यतथ्य बाहिर ल्याउँछु भनेर आँटिलो युवा देशको गृहमन्त्री भएका छन्, त्यस्तै प्रधानमन्त्री पनि पायो मुलुकले । अहिलेसम्म आफूमाथि जनताले प्रश्न गरे कि विषयान्तर गर्न र सस्तो लोकप्रियतामात्र हासिल गर्न खोजिने गरिन्थ्यो । अब छानबिन भएपछि त्यस्तो हुनेछैन । गोर्खाली राजालाई गोर्खाकै गुरूङले साँच्चै न्याय दिने जमर्को गरेका छन् । के कसरी छानबिन हुने हो, रिपोर्ट के कस्तो आउने हो ? त्यो त समयले बताउला । यदि निष्पक्ष ढंगले बिना कुनै पूर्वाग्रह छानबिन गर्ने हो भने वास्तावमा गोर्खाली राजाले गोर्खाकै सुदन गुरूङबाट न्याय पाउनेछन् । त्यसै पनि समाजमा लोकोक्ति नै छ, न्याय नपाए गोर्खा जानु । भन्नु यत्ति छ कि छानबिन विषयान्तरमा सिमित नहोस् । बिना पूर्वाग्रह छानबिन होस्, जनताको माग र गृहमन्त्रीको निर्णय स्वागतयोग्य छ ।


