
जेठ १७ गते संसदको रोष्टममा उभिँदा बोल्यो कि पोल्यो वातावरण सिर्जित भएको छ । प्रम बालेन साह फेरि छिटै संसदको रोष्टममा उभिएर बोल्न जरुरी छ । सत्तामा नयाँ छन्, तिनलाई दीक्षित पार्न सघाउनुपर्छ भन्ने सकारात्मकता कुनै पनि विपक्षीमा देखिदैन । प्रजातन्त्रका दार्शनिक भन्छन्– प्रजातन्त्र भनेको निरन्तरको विचार–विमर्श हो । संसदमा विचार विमर्श होइन, आरोप प्रत्यारोप चलिरहेको छ । नेपालको प्रजातन्त्र त जसरी पनि बिरोधीलाई खुइल्याउनुपर्छ भन्ने मान्यता राख्छन् । प्रजातन्त्रको गरिमा र महिमा २०४६ सालदेखि नै कुल्चने काम हुँदै आएको छ, जेनजी सरकारमाथि समाजवादी, प्रजातन्त्रवादी, सर्वहारावादी भन्नेहरुले जसरी पनि खुइल्याउनुपर्छ भनेर तीललाई पहाड बनाइरहेका छन् ।
नागरिकले थाहा पाउनैपर्छ, प्रतिपक्षीलाई जानकारी दिनैपर्ने विषयहुन–
सीमा समस्या के हो ? समाधान के कसरी गर्ने योजना छ ?
नेपालले भारतको जमिन मिचेको विषयको अन्तर्यको प्रष्टता के के हो ?
सरकारले के के ग¥यो, अब के के गर्ने योजनामा रहेको छ ?
सुकुमवासीको पहिचान र पुनस्र्थापना कहिलेसम्म हुने हो ?
नागरिकसँग गरेका करार र वाचापत्रका बुँदा के हुँदैछन् ?
पहिलो वर्ष सुशासनको वर्ष ? सुशासन कायम गर्न के के हुँदै गरिदैछ ?
मेचीदेखि महाकाली–कर्णालीमा कुन कुन योजना लागू हुँदैछ ?
रोजगारी सिर्जना, उद्यम र आत्मनिर्भरतामा के गरिदैछ ?
शिक्षा, स्वास्थ्य, गाँस बास कपासका लागि सरकारको योजना के छन् ?
नीति, सिद्धान्त, निष्ठा छाडेर प्रतिषोध त साधिदै छैन ? प्रष्ट कुरो के हो ?
संवैधानिक र अन्य निकायमा छिटो छरितो नियुक्ती नहुनुको कारण के हो ?


