Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

क अक्षर फापेन प्रचण्डलाई

२२ सोमबार , कार्तिक २०७३१० बर्ष अगाडि

०६५ सालमा सरकार प्रमुख बनेका पुष्पकमल दाहाललाई रुकमांगद कटवालले नैतिक संकट पारिदिए र पदबाट राजीनामा दिनुपर्ने स्थिति आयो। ८ वर्षको अथक राजनीतिक चलखेल र चलाखीपछि बल्ल कांग्रेसको पीठ चढेर सत्तामा पुगेका प्रचण्ड अव लोकमान सिंह कार्कीका कारण संकटमा छन्। संसदमा दर्ता भएको महाभियोग प्रस्ताव पारित हुनसकेन भने दाहालले फेरि सत्ता छाड्नुपर्ने नैतिक संकट खडा हुनसक्छ। त्यसो त ९ महिनाको भद्र सहमति गरेर दाहाल प्रधानमन्त्री बनेका हुन्। ३ महिना सकियो, ६ महिनाको कार्यकाल बाँकी छ। त्यो ६ महिना पनि उनले शासन गर्न पाउलान् कि? 
लोकमान सिंहमाथि कानुन मिचेको र मनपर्दी गरेको आरोप लागेको छ। भ्रष्टाचारकै कुरा गर्ने हो भने पुष्पकमल दाहालभन्दा ठूला भ्रष्टाचारी देशमा अरु को होला र भनिन्छ। किनभने लडाकुलाई भनेर राज्यबाट लिएको रकम दाहाल आफैले पचाइदिए। त्यो मुद्दा अख्तियारमै छ र माओवादी नेतादेखि तत्कालीन लडाकासम्मले खोई हाम्रो तलव, हाम्रो भविष्य भनेर खोजिरहदा दाहाल त्यसै पनि नैतिक संकटमा त फसेकै छन्। अव महाभियोगले कुन रुपरंग देखाउने हो, त्यो यसै भन्न सकिने स्थिति छैन। 
यसैवीच प्रम दाहाल कार्कीलाई चलाएर एमाले र माओवादीवीच टुटेको सम्बन्ध जोड्दै कांग्रेसलाई सिध्याउन लागि परेको घुइरो घुइरो खबर  आइरहेका छन्। यो बुझेरै हुनुपर्छ, अझै कांग्रेसले आफ्नो पत्ता खोलेको छैन। अव कांग्रेस बोल्नेछ, त्यसैमा राजनीति तरङि्गत हुनेछ। हेरौं के हुन्छ?