
प्रधानमन्त्री, पार्टीसभापति र अर्थमन्त्रीवीच ४ घण्टा छलफल
जेठ १२ गते प्रम बालेन्द्र, सभापति रवि लामिछाने र अर्थमन्त्री स्वर्णिम वाग्लेवीच ४ घण्टा छलफल भएको छ । उनीहरुवीच संसदमा भएको प्रतिपक्षीको बिरोध, आगामी बजेट र सुकुमवासीलगायतका लागि कसरी व्यवस्थापन गर्ने लगायतका विषयमा छलफल भएको बुझिएको छ । बजारमा पार्टी सभापति र प्रधानमन्त्रीवीच सम्बन्ध बिग्रेको, भारत भ्रमणका बारेमा प्रम रिसाएकाजस्ता अनेक अनर्गल प्रचार भइरहेपछि प्रम बालेनले रविलाई दाई भन्ने गरेको र सम्बन्ध सुमधुर रहेको स्रोतले बताएको छ । प्रम बालेनले हरेक निर्णयमा सभापतिसँग टेलिफोन छलफल गर्ने गरेको बुझिएको छ ।


