
विश्लेषक पुरञ्जन आचार्यका अनुसार नेपाली कांग्रेस, एमाले, नेकपाजस्ता पार्टीहरू डिप्रेसनमा पुगेका छन् । उनले प्रम बालेन साहको मौनतालाई कमजोरी नठान्न खबरदारीसमेत गरेका छन् । हिजोका शासकहरूले धेरै भाषण गरे, काम भएन । बालेन काम गर्न आएका हुन् । कामबाटैजवाफ दिन चाहेका छन् । कम्तिमा सय दिन त पर्खनुपर्छ । त्यति पनि सबर नगरेर टिप्पणी गर्नु उचित नहुने आचार्यको तर्क रहेको छ ।
श्रम संस्कृति पार्टीका हर्क साम्पाङ बालेनको राजीनामा मागिरहेका छन् । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीको सुझाव छ– राजीनामा माग्नुपर्ने कुनै कारण छैन । जनमतको कदर गर्नोस् । राप्रपाकै नेता धवल शमशेरले समेत प्रम बालेन शाहको कामले जनताहरू सन्तुष्ट रहेको टिप्पणी गरेका छन् । प्रम बालेनले जनपक्षीय कामहरू थालेका छन्, प्रतिक्षा गरौं । नतिजा जनपक्षमै आउनेछ ।


