Advertisement Banner
Advertisement Banner

०३ आइतबार, जेठ २०८३16th May 2026, 4:05:57 pm

नेतृत्व संस्कार परिमार्जित र परिष्कृत गर्ने बेला आएको हो ?

०३ आइतबार , जेठ २०८३एक घण्टा अगाडि

नेतृत्व संस्कार परिमार्जित र परिष्कृत गर्ने बेला आएको हो ?

हाल राजनीतिक वृत्तमा युवा नेतृत्वको युगान्तकारी उभार आएको छ । कैयौं युवा इन्जिनियर, डाक्टर, वकिल, पिएचडी होल्डर, उद्यमी, महिलाहरू सांसद पदमा निर्वाचित भएका छन् । चुनावमा निर्वाचित हुने नेतृत्व कलामा उनीहरू अवश्य पनि सफल भएका छन् । धेरैजसो आ–आफ्नो विधामा विशेषज्ञ पनि छन् तर निर्वाचित हुने कला, नेतृत्वका आयामहरूको सानो हिस्सामात्र हो । ठूलो हिस्सा चाहिँ मानिसहरूसँग गर्ने व्यवहार र शैलीले ओगट्दछ । नेता भनेको चुनाव लड्ने, सांसद वा मन्त्री हुने मान्छेलाई मात्र भनिँदैन । जसले आफू आफ्नो व्यवसाय, परिवार, समाज वा देशको स्तरमा परिवर्तन ल्याउन अगुवाको भूमिका निर्वाह गर्छ त्यसलाई नेता भनिन्छ र जसले त्यो परिवर्तनलाई सार्थक पार्ने काम गर्दछ त्यसलाई व्यवस्थापक भनिन्छ ।
सुकुम्बासी बस्ती हटाउने कुरा सन् २०२२ ताका लि क्वांन युले सिंगापुरमा पनि गरेका थिए तर सुकुम्बासी हटाउनु अगावै विस्थापितलाई हाउजिङ फ्ल्याटमा राख्ने व्यवस्थाको पूर्वतयारी गरिएको थियो । जसले गर्दा असली सुकुम्बासी परिवार कहाँ बस्ने भन्ने बारे आत्तिएर आत्महत्यासमेत गर्नुपर्ने अवस्था आएन ।
यस लेखमा चाहिँ देशमा सकारात्मक परिवर्तन ल्याउन निर्वाचित अगुवा राजनीतिक नेताहरूको संस्कार र शैली अझ परिष्कृत गर्ने बारे चर्चा गर्न लागिएको छ । यस चर्चामा नेताहरूले सामाजिक सञ्जालमा प्रकट गरेका विचार र व्यवहारलाई सैद्धान्तिक कसी लाउने प्रयास गरिएको छ । साथै ख्यातिप्राप्त अन्तर्राष्ट्रिय नेताहरूका प्रेरणादायी गुणलाई समेत जोड्दै नेपालका लागि परिष्कृत युवा नेतृत्व कस्तो हुनुपर्छ भन्ने ज्ञान पस्किन खोजिएको छ । नेता कस्तो हुनुपर्छ भन्ने विषयलाई अन्तर्राष्ट्रिय दस्तावेजमा सयौं तरिकाले व्याख्या गरिएको छ तर यस लेखको प्रयोजनको लागि मूलतः तीनवटा असल नेताका गुणहरूलाई आधार मानेर तुलनात्मक विश्लेषण गरिएको छ । ती तीन आधार हुन् ः साहसी, जस्तै प्रतिकूल परिस्थितिमा पनि हरेस नखाने र शालीन स्वभाव ।
साहसी ः
सकारात्मक परिवर्तनका लागि जोखिमपूर्ण निर्णय लिनसक्ने व्यक्ति साहसी नेतामा पर्दछन् । उनीहरू देशको सुशासन र समृद्धिलाई अर्जुनदृष्टि दिएर परिणाम दिन केन्द्रित रहन्छन् । यस वर्गमा पर्दछन् सिंगापुरका लि कक्वान यु, चीनका दंगसीआओ पेंग र मलेशियाका महमद माहाथीर । नेपालको सन्दर्भमा पृथ्वीनारायण शाह र त्यसपछि राजा महेन्द्रलाई लिन सकिन्छ । भर्खर उदाएका बालेन साह पनि यस वर्गमा पर्दछन् तर यस्ता नेताहरूमा परिवर्तनकारी काम गर्नसक्ने क्षमता भए पनि कहिलेकाहिँ पूर्वतयारीबिना जोखिमपूर्ण निर्णय लिँदा जनता र सरकार दुवैले कठिनाइ झेल्नुपर्ने पनि हुँदोरहेछ ।
उदाहरणका लागि भरखरै गरिएको सुकुम्बासी खोला किनारबाट हटाउने कार्य हो । सार्वजनिक जमिन अतिक्रमण हटाउने, बाढी जोखिमबाट बस्ती बचाउने र असली सुकुम्बासीलाई व्यवस्थापन गर्न खोजिएको काम राम्रो हो तर कति असली र नक्कली सुकुम्वासी छन्, नदी किनारका सुकुम्बासीका घर भत्काउँदा तिनलाई तत्काल कहाँ बसोवास गराउने भन्ने बारे तयारी नहुँदा जहाँजहाँ ठाउँ पायो त्यहाँ त्यहाँ अस्थायी रूपमा राखिँदा परिवारहरू अलपत्र, अन्यौल र तनावमा पर्नुप¥यो । यही कुरा सन् २०२२ ताका लि क्वांन युले सिंगापुरमा पनि गरेका थिए तर सुकुम्बासी हटाउनु अगावै विस्थापितलाई हाउजिङ फ्ल्याटमा राख्ने व्यवस्थाको पूर्वतयारी गरिएको थियो । जसले गर्दा असली सुकुम्बासी परिवार कहाँ बस्ने भन्ने बारे आत्तिएर आत्महत्यासमेत गर्नुपर्ने अवस्था आएन ।
हरेस नखाने ः
आफू लागिपरेको परिवर्तनकारी कार्यमा अटुट विश्वास र जस्तै प्रतिकूल परिस्थितिमा पनि हरेस नखाई सकारात्मक परिवर्तनका लागि आमरण कोसिस गरिराख्ने नेता यस वर्गमा पर्दछन् । अमेरिकाबाट अब्राहम लिंकन, दक्षिण अफ्रिकाका नेल्सन मण्डेला र भारतका महात्मा गान्धी यस्ता नेताको वर्गमा पर्दछन् । यीमध्य कोही पनि सकारात्मक परिवर्तन नआउन्जेल विचलित भएनन् । विज्ञानको क्षेत्रमा हेर्ने हो भने थोमस अल्भा एडिसनलाई लिन सकिन्छ जसले हरेस नखाईकन हजारौं प्रयासबाट बिजुलीको चिम आविष्कार गरे । नेपालको इतिहासमा हेर्ने हो भने भक्ति थापा र बीपी कोइरालालाई लिन सकिन्छ । वर्तमान नेपालमा महावीर पुनको अठोट अत्यन्त उत्साहपूर्ण र प्रेरणादायी छ । शायद आफ्नो किताब बेचेर १२ करोडभन्दा बढी रकम उठाई सरकारी कृषिऔजार कारखाना चलाउन सक्नु विश्व कीर्तिमान नै होला ।
५०० दिनभन्दा बढी देशैभरि चोक चोक सडक सडकमा उभिएर घामपानी नभनी काम गर्नु अटुट विश्वास र धैर्यको ज्वलन्त उदारण हो । पहाडमा वायरलेस इन्टरनेट लगी स्कुल शिक्षा दिन खटेको भनौं, नवप्रवर्तनका काम अगाडि बढाएको भनौं वा आफूले पेस गरेका शिक्षा सुधार ऐन लागू गर्न नसकेपछि सोबारे सदनमा आवाज उठाउन चुनाव लड्नु, जित्नु र सोका लागि आवाज उठाउनु । यस्तै अर्का हर्क साङपाङ छन् जसले पनि स्थानीय बासिन्दा परिचालन गरेर चन्दा उठाएर ४० किलोमिटर टाढाबाट पाइपमा पानी ल्याएर देखाए जुन अटुट अठोटबिना सम्भव थिएन । बालेन साहले पनि पालिकामा हुँदा र हाल प्रधानमन्त्री हुँदा गरेको कामबाट अठोट र हरेस नखाई काम गरेको नै पाइन्छ ।
नेपाललाई चाहिएको नेता त्यस्तो होस् जसमा बालेनजस्तो मानिससँग सम्पर्कमा नआई आफ्नो कुरामा लिँडेढिपी नगरून् । महावीर पुन र हर्कको जस्तो अहंकार नदेखाऊन् । प्रदीप गिरि र चन्द्र भण्डारी जस्ता राम्रो प्रवचन दिने तर परिणाम नदिने नबनून् । रवीन्द्र मिश्र जस्ता चञ्चल र हरेस खाइहाल्ने नहुऊन् ।
शालीन ः
शालीनतालाई बृहत् रूपमा हेर्दा मानिसको चित्त नदुखाई नरम र आदरभावले मन जिती परिवर्तनका कार्यमा लाग्नु भनेर बुझ्न सकिन्छ । सबैको कुरा सुन्नु र खास गरी गरिबदुःखीको समस्या देखेर ‘म त्यस अवस्थामा भएको भए मलाई र मेरो परिवारलाई कस्तो हुन्थ्यो भनेर मनन् गर्ने र समाधानको बाटो दिने प्रयास गर्नु, क्रोध नदेखाउनु र दुर्वचन प्रयोग नगर्नु । यसै सन्दर्भमा हालै मिडियामा एउटा वादविवाद देखियो । त्यो के भने साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ अर्थात् ज्ञानबाट हुन्छ भन्ने कुरो प्रधानमन्त्री बालेनबाट आयो । फेरि अर्कोथरीबाट क्रान्ति ‘क’ बाटै सुरु हुन्छ र त्यो ‘क’ भनेको करुणा हो भन्ने आयो । फेरि तेस्रो वक्ताबाट के कुरा आयो भने करुणा, समभाव र दयाबिनाको ज्ञानभन्दा अज्ञानता नै जाति ।
जजसले जे भने पनि मुख्य कुरा करुणामय शालीनताबाट मानिसको मन जितेर गरिने परविर्तन नै सही परिवर्तन हो र त्यो नै नेताको सर्वश्रेष्ठ खुवी हो भन्ने बुझ्नुपर्दछ । अन्तर्राष्ट्रिय क्षेत्रबाट केही शालीन नेताको नाम लिनु पर्दा गान्धी, नेल्सन मण्डेला र बराक ओबामालाई लिन सकिन्छ । नेपालमा बीपी र सुशील कोइराला पनि त्यस वर्गमा पर्दछन् । आजको नेपालको कुरा गर्दा कुलमान घिसिङ, शिशिर खनाल, रवि लामिछाने राजनीतिक क्षेत्रमा र सन्दुक रुइत मेडिकल क्षेत्रमा शालीन नेताको रूपमा देखिएका छन् । अन्य दलबाट लिनु पर्दा प्रदीप गिरि, चन्द्र भण्डारी र रवीन्द्र मिश्रलाई पनि लिन सकिन्छ ।
यथार्थ ः
माथिका तीन आधारलाई व्यवहारसँग दाँजेर हेर्दा हरेस नखाने र साहसी नेता शालीन नहुन पनि सक्ने रहेछन् । प्रधानमन्त्री बालेन साह साहसी नेतामा पर्छन् तर प्रधानमन्त्री हुनुअगाडि उनको पनि शब्द चयन र आवेग नियन्त्रणमा समस्या थियो । तर, पछिल्ला दिनहरूमा धेरै सुधार भएको पाइन्छ । अर्को कहिल्यै हरेस नखाने नेता शालीन नहुन पनि सक्ने रहेछन् । महावीर पुन र हर्क साङपाङमा हरेस नखाने नेतामा परे पनि शालीन देखिँदैनन् । अहंकार, रूखो व्यवहार र अप्रिय सुनिने शब्दको प्रयोग गरेको मिडियामा देखिन्छ । त्यसैगरी शालीन हुँदैमा साहसी परिणाम दिन्छन् भन्ने हुँदैन रहेछ । प्रदीप गिरि र चन्द्र भण्डारी शालीन हुन् तर परिणाममुखी परिवर्तन दिन साहसी थिएनन् । अन्त्यमा मानिस शालीन छन् भन्दैमा हरेस नखाने हुँदा रहेनछन् । जस्तै ः रवीन्द्र मिश्र शालीन छन् तर स्थिरता, धैर्य र हरेस नखाइकन लागिपर्ने खुवी देखिँदैन ।
निष्कर्ष ः
नेपाललाई चाहिएको नेता त्यस्तो होस् जसमा बालेन जस्तो मानिससँग सम्पर्कमा नआई आफ्नो कुरामा लिँडेढिपी नगरून् । महावीर पुन र हर्कको जस्तो अहंकार नदेखाऊन् । प्रदीप गिरि र चन्द्र भण्डारी जस्ता राम्रो प्रवचन दिने तर परिणाम नदिने नबनून् । रवीन्द्र मिश्र जस्ता चञ्चल र हरेस खाइहाल्ने नहुऊन् । होस् चाहिँ के भने, बालेनजस्तो साहसी परिणाम दिन उन्मुख रहने, महावीर पुनजस्तो हरेस नखाने, हर्कजस्तो श्रमदाता परिचालन गर्न सक्ने, शिशिर खनाल, रवि लामिछाने, चन्द्र भण्डारी र रवीन्द्र मिश्र जस्ता शालीन रहने । वर्तमान क्षितिजमा उदाएका युवा नेताहरू गम्भीर सोच र पूर्वतयारीका साथ साहसी, हरेस नखाने र शालीनता जस्ता तीनै गुणलाई आत्मसात गर्दै सन्तुलित भई सभ्य र सुसंस्कृत ढंगले देश निर्माणमा प्रयासरत रहनुपर्ने देखिन्छ । यसैमा नै जनता र देशको भलाइ छ ।
(डा.कार्की शहरी नीति र लिडरसिप विश्लेषक, भिजिटिङ फ्याकल्टी, काठमाडौं विश्वविद्यालय, अन्तर्राष्ट्रिय भिजिटिङ फ्याकल्टी, चण्डिगड विश्वविद्यालय हुनुहुन्छ ।) (नेतृत्व संस्कार परिमार्जित र परिष्कृत गर्ने बेला आएको हो ?
डा.तेज कार्की

(डा.कार्की शहरी नीति र लिडरसिप विश्लेषक, भिजिटिङ फ्याकल्टी, काठमाडौं विश्वविद्यालय, अन्तर्राष्ट्रिय भिजिटिङ फ्याकल्टी, चण्डिगड विश्वविद्यालय हुनुहुन्छ ।) (tejkarki@gmail.com इमेलबाट प्राप्त) इमेलबाट प्राप्त)