Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

पत्रकारलाई फ्ल्याट

०८ सोमबार , कार्तिक २०७३१० बर्ष अगाडि

आइतवार प्रेस सेन्टर ललितपुरमा चिया खान पुगेक सञ्चारमन्त्रीले ठूलो जग्गा किन्ने, त्यसमा ठूलो महल बनाएर पत्रकारहरुलाई किस्तावन्दीमा फ्ल्याट दिने आफ्नो योजना भएको सुनाएपछि पत्रकारहरु खुशीले गद्गद भएका छन्। संविधान जारी गर्ने सुशील कोइराला सरकारले पत्रकारहरुलाई गाडी सुविधा दिने, अव पत्रकार सरर्रर...गाडीमा हिड्छन् भनेर वाहवाही बटुलेका थिए। अहिले सञ्चारमन्त्रीले त्यस्तै मनको लड्डु घ्यूसँग खाने अभिव्यक्ति दिएका छन्। 
गरे नहुने केही छैन, सरकारले चाहे असम्भव पनि होइन। तर ९–९ महिने किस्तावन्दीको सरकारले किस्तावन्दीमा पत्रकारलाई फ्ल्याट दिलाउनु भनेको पहरो फोर्नु, ढुंगा चपाउनुभन्दा मुस्किल कुरो हो। कुरो गर्दा के बिग्रन्छ र? योजना सञ्चारमन्त्रीको मनको हो, उनले पूरा गरिहाले भने इतिहासमा अमर त हुन्छन् नै। मन्त्रीले जनसरोकारका समाचार छाप्न आग्रह पनि गरेका छन्।