रोशन कार्की -
पूर्वराजा ज्ञानेन्155ले बुझाएका दस्तावेज हरायो भन्ने हल्लाले उग्र रुप लिएपछि शंका उठेको छ– दस्तावेजमात्र हराए कि राजदरवारका महगा र नगदी बस्तुहरु पनि हराए? राजनीतिक परिवर्तनको माहोलमा राजदरवारका बस्तुहरुमा ध्यान दिने कसले? मौका यही हो भनेर लुट्नेले लुटेका हुनसक्छन्। पूर्वराजा ज्ञानेन्155ले नारायणहिटी दरबार छाड्नुपूर्व पारदर्शी र औपचारिक रूपमा गिरिजाप्रसाद कोइराला सरकारलाई हस्तान्तरण गरेका ऐतिहासिक तथा राष्ट्रिय महत्वका अधिकांश दस्ताबेज र महगा बस्तुहरु यतिबेला गायव भइसकेका समाचार सार्वजनिक भइरहेका छन्। कसले हात साफ गर्यो? सरकार बोल्दैन, छानबिन पनि गराउादैन। लूटका धन फुपुको श्राद्ध भइसकेछ। यतिबेला हल्लीखल्लीको विषय भनेको सरकारद्वारा गठित गृहसचिव मोदनाथ डोटेलको समितिलाई राजदरबारले बुझाएका ऐतिहासिक तथा संस्थागत मेमोरीमा रहेका सबै रेकर्डहरू, महत्वपूर्ण बस्तुहरु कि त छिन्नभिन्न अवस्थामा रहेको वा गायब भएको उच्चपदस्थ र जिम्मेवार अधिकृतहरूले बताएका छन्। बुझाएका सूचीमा के के लेखिएको थियो, अहिले के के दुरुस्त छ? यो विषयमा छानबिन हुन जरुरी छ। किनकि इतिहासमा खेलबाड गर्न दिनुहुन्न। २०६५ साल जेठ १५ गते गणतन्त्र कार्यान्वयन हुनासाथ दरबारका कर्मचारीले त्यहाा भएका सबै कुरा राष्ट्रिय सम्पत्तिका रूपमा संग्रहालय बनाएर राखियोस् भनेर नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए। त्यतिबेला दरबारले डकुमेन्टको प्रकृति हेरेर अधिकांश परराष्ट्र मन्त्रालयलाई, केही गृह, केही सामान्य प्रशासन र केही नेपाली सेनालाई बुझाएको थियो। आज ती कुनै बस्तु पनि सावुत अवस्थामा छैनन्। कति नष्ट भए, कति छरपस्ट छन्। हेर्ने कसले?
हामीले राजसंस्थासाग भएका सबै दस्ताबेज नेपाल सरकारलाई लिखत गरेर बुझाएका थियौं, तत्कालीन राजसंस्थाले विभिन्न मुलुकसाग गरेका सन्धिसम्झौतादेखि दरबारले विभिन्न समयमा गरेका निर्णय, निर्देशनसहित कार्यालयमा रहेका कम्प्युटर र ल्यापटपसमेत नेपाल सरकारलाई बुझाएका थियौं तर त्यो अहिले कहाा कुन अवस्थामा छ, कुनै अत्तोपत्तो छैन भन्छन् पूर्वकर्मचारीहरु।
यो त सरासर चोरी भयो। जानाजान ती बस्तु, रेकर्डहरु नष्ट गर्ने षडयन्त्र देखियो। राज्यले इतिहासका क्रममा भएक घटनाक्रमलाई सञ्चय, संरक्षण गर्नुपर्ने दायित्व निर्वहन नगरेको देखियो। यति ठूलो ल्याप्स किन र कुन स्वार्थ सिद्धिका लागि भइरहेको छ? यसको छानबिन आवश्यक छ। कतै जसको हात उसैको जगन्नाथ त भएन?
देशका सम्पत्ति पहुाचवालाको घर घरमा त पुगेन? प्रश्न अनेक उठ्न सक्छन्, जनतालाई जवाफ दिनुपर्छ कि पर्दैन?


