Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

संविधान संशोधन नभए देशै टुक्रिन्छ

०८ सोमबार , कार्तिक २०७३१० बर्ष अगाडि

मधेसका कांग्रेसी नेता फरमुल्ला मन्सुरले संविधान संशोधन भएन, मधेसका माग संवोधन गरिएन भने नेपाल पाकिस्तानबाट बंगलादेश टुक्रिए जस्तै टुक्रिनसक्छ भन्ने चेतावनी दिएका छन्। उनले संसदमै यसरी चेतावनी दिदा पनि कुनै सांसदले उनीविरुद्ध कुनै प्रश्न उठाएनन्। एउटा कानले सुने, अर्को कानले उडाइदिए। कस्तो संसद हो हाम्रो, जो चिच्याउने थलो बन्यो। यो २ कात्तिकको संसदको नजारा हो। त्यसपछि मधेसी मोर्चाका सदस्यहरुले भनिरहेका छन्– संविधान संशोधन गर, कात्तिक २१ पछि फेरि आन्दोलन सुरु हुनेछ। स्थानीय निकायको सिमांकन कुनै पनि हालतमा मान्दैनौं। मधेसी मोर्चाका समस्याका बारेमा सत्तारुढ दलभित्रै छलफल भएको छैन, प्रतिपक्ष कुरै गरिएन भन्दैछ। सरकार कता हराइरहेछ रहेछ? 
अव त नेपाली कांग्रेसका प्रभावशाली केन्155ीय सदस्य तथा सांसद मन्सुरले संविधान संशोधन गरेर मधेसी, मुस्लिम र थारुका माग सम्बोधन नभए नेपालको हालत पाकिस्तानबाट बंगलादेश हुन्छ भन्नु दुर्भाग्य भएको छ। मन्सुरले भनेका थिए– 'पाकिस्तानमा सत्तरीको दशकमा यसैगरी पूर्वी पाकिस्तानका मुस्लिमले आ136नो शासन आफैं चलाउने अधिकार माग्दा राज्यले नदिएपछि पूर्वी पाकिस्तान फुटेर बंगलादेश बनेको स्मरण गराउन चाहन्छु।' के कांग्रेसभित्र पनि बिखण्डनबादीहरु छन्, जो देश टुक्य्राउन खोजिरहेका छन् र आफू त्यसको कारण बन्न चाहन्छन्? संविधान संशोधन नभई कुनै पनि तहको निर्वाचन हुन नसक्ने भन्दै मन्सुरले आफूहरुले असहमति राखेर संविधानसभामा मतदान गरेको बताए। संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले ९० प्रतिशतले जारी गरेको संविधान १० प्रतिशतले मान्दिन भन्दैमा बिना औचित्य संशोधन हुादैन भनेकोतर्फ संकेत गर्दै उनले यसो भनिएमा देश टुक्रिन सक्ने उदाहरण दिएका हुन्।
उनले भनेका थिए– तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले रोष्टममा उभिएर मधेसी, थारु र मुस्लिमको माग बमोजिम संसदको पहिलो बैठकले संविधान संशोधन गर्छ145 भन्नुभएपछि हामी मानेका थियौं। किन बिर्सेको? मधेसको माग जायज माग हुन्, हक र अधिकारका माग हुन्, पहिचानका माग हुन्। अव काठमाडौंबाट मधेस शासित हुनसक्दैन।