Advertisement Banner
Advertisement Banner

०९ बुधबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

दुई दाइको अंकमाल कति कसिलो ?

०९ बुधबार , बैशाख २०८३३ घण्टा अगाडि

दुई दाइको अंकमाल कति कसिलो ?

बालेन र रवि लामिछानेको राजनीतिक एकता, अङ्कमाल कति कसिलो होला भन्ने अड्कल सुरू भएका छन् । यो एकताले चुनावमा लहर ल्यायो, चुनावपछि पूर्वघोषित बालेन साह प्रधानमन्त्री भए ।  मन्त्रिमण्डाल, संसदीय समितिहरू र पार्टी जिम्मेवारीका विषयमा ‘दुई दाइ’ सन्तुष्टि, असन्तुष्टिमा छन् ।
सभापति रवि लामिछानेले ५ वर्षका लागि बालेन साह प्रधानमन्त्री हुन् भनिदिएका छन् । तथापि यो अंकमाल टिक्ला ? कति टिक्ला ? रास्वपाभित्रै असन्तुष्टहरूले संशय उठाएका छन् । प्रम बालेन काम गरिरहेका छन्, बोल्दैनन् । बीबीसी, टाइम्सजस्ता पत्रिका समेत भेट पाउन नसकेर फर्किएका छन् । टाइम्सले विश्वकै सय जना प्रभावशालीमा बालेन साहको नाम १६औं नम्बरमा राखेपछि प्रम बालेनका साथै रास्वपाभित्रका यी ‘दुई दाइ’ चर्चाको शिखरमा छन् ।