Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

मोदीको भुलभुलैया हो प्रवुद्ध समूह

१७ सोमबार , आश्विन २०७३१० बर्ष अगाडि

भारतको लखनौंमा छ इमामबडा। भित्र पसेपछि भित्रै हराउनेे, भित्रै हराउने। त्यस्तै भुलभुलैया हो नरेन्द्र मोदीको प्रवुद्ध समूह। नेपाल मोदीको यही भुलभुलैयामा रलमलिन थालेको छ। पटेलपछि मोदी अर्का चटके हुन्, जसले नेपालीलाई भुलभुलैयामा पारेको छ। आजैदेखि दिल्लीमा सुरु हुँदैछ नेपाल भारतका प्रवुद्ध समूहको दोस्रो वैठक। खासगरी १९५० को सन्धि र नेपाल–भारत सम्बन्ध कसरी विकास गर्न सकिन्छ भनेर यो प्रवृद्ध समूहले सुझाव दिनेछ दुबै देशका सरकारलाई। सुझाव दिन २ वर्षको समय छ र नेपाल २ वर्ष नै भुलभुलैयामा भुल्ने निश्चित छ। भारत नेपाललाई हल्लाईरहने छ। 
ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल भन्छन्– यो वैठकमा नेपालका 'प्रबुद्ध'हरूले सन् १९५० को नेपाल–भारत सन्धिको धारा १ र ८ अनुसार सुगौली सन्धिमा गुमेर फिर्ता हुन् बाँकी ६०००० वर्ग कि.मि. क्षेत्रफल नेपाललाई फिर्ता गर्न इन्डियाको प्रबुद्ध समूहसमक्ष प्रस्ताव गरुन्। यस्तो प्रस्ताव राख्न नसक्ने भए चिया पिउन मात्र किन दिल्ली जाने? नौटंकी किन देखाउने?