कृष्णबहादुर महरा अर्थमन्त्री हुन्। उनले बुझ्नुपर्छ कि अर्थतन्त्रको बारेमा के बोल्नुहुन्छ, के बोल्नुहुन्न? यिनै अर्थमन्त्री महराले भनेका छन्– नेपालको अर्थतन्त्र नेपाल र नेपालीको हातमा छैन। कसको हातमा छ नेपालको अर्थतन्त्र? छैन भन्नेले देखाउन सक्नुपर्छ कि हाम्रो अर्थतन्त्रको डाड्युपन्यू कसको हातमा छ। राजनीति र अर्थतन्त्र फेल भइसकेको छैन भन्नसक्ने, अर्काले चलाएको छ भन्न पनि सक्ने तर किन असफल छैन र कसले हामीलाई चलाइरहेको छ भन्न नसक्ने, यस्तो गैह्रजिम्मेवार पनि अर्थमन्त्री हुनसक्छन्? उनी भन्छन्– सुधार गर्नुपर्छ। सुधार गर्ने भए कहााबाट सुरु गर्ने, सुधार गर्न के के गर्नुपर्छ र अर्थतन्त्र नेपालीकै हातमा ल्याउन के गर्न सकिन्छ? यसबारेमा पनि अर्थमन्त्री बोल्नैपर्ने हो। तर महरा मच्चिरहेछन् र थच्चिरहेछन्।


