Advertisement Banner
Advertisement Banner

०४ शुक्रबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

बालेन साह सय प्रभावशालीमा एक

०३ बिहिबार , बैशाख २०८३१९ घण्टा अगाडि

बालेन साह सय प्रभावशालीमा एक

टाइम म्यागजिनले विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा बालेन साह पारेको छ । यो सूचीमा अमेरिकी राष्ट्रपति ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ समेत रहेका छन् । गत फागुन २१ को चुनावमा पूर्वप्रधानमन्त्री केपी ओलीलाई चुनाव हराएर प्रधानमन्त्री बनेका थिए बालेन । उनी ३५ वर्षका युवा हुन् । म्यागजिनका अनुसार युवाको उदय र नेपालको राजनीतिक परिवर्तनको लहर ल्याउने व्यक्ति भनेको छ ।
स्मरणीय छ, टाइमका एडिटर–एट–लार्ज चार्ली क्याम्पबेलले लेखेको प्रोफाइलमा शाहको उदयलाई युवाहरूको राजनीतिक परिवर्तनको लहरका रूपमा चित्रण गरिएको छ। बालेन राजनीति भन्दा संगीत र गायकका रुपमा युवामाझ विशेष प्रभाव राख्छन् भनिएको छ ।